Logo बिहिवार, आश्विन १ गते २०८३
images

पाल्पा क्षेत्र नं.२ (२) बाट माओबादी केन्द्रका नेता तुलाराम घर्ती विजयी

पाल्पा क्षेत्र नं.२ (२) बाट माओबादी केन्द्रका नेता तुलाराम घर्ती विजयी

  • 1.4K
    SHARES

  • पाल्पा क्षेत्र नं.२ (२) बाट माओबादी केन्द्रका नेता तुलाराम घर्ती विजयी

    बुटवल,मङ्सिर ९ ।

    पाल्पा निर्वाचन क्षेत्र नं. २ (२) बाट बाट ९ सय ४१ मतान्तर सहित माओबादी केन्द्रका नेता तुलाराम घर्ती विजयी भएका छन् ।उनले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका ओमबहादुर घर्तीलाई ९ सय ४१ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् । 

    घर्तीले १३ हजार ९ सय ९२ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी घर्तीमगरले १३ हजार ५१ मत प्राप्त गरेका छन् । घर्ती २०७४ सालको प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फबाट वाम गठबन्धनबाट विजयी भएका थिए ।

    यसपटक भने एकीकृत समाजवादी, कांग्रेस, जनमोर्चालगायतको गठबन्धनबाट विजयी भएका हुन् । नेकपा माओवादीका पोलिटब्युरो सदस्य रहेका घर्ती तिनाउ गाउँपालिका-३, दोभान क्षेत्रमा बसोबास गर्दै आएका छन् ।

    क्षेत्र २ (२) बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) चक्रपाणि पौडेलले ८ सय ९०, मंगोल नेसनल अर्गनाइजेसनका शिवबहादुर गाहाले ३ सय ७८ र राष्ट्रिय जनमुुक्ति पार्टीका इन्द्रबहादुर अस्लामीले ३ सय ४५ मत प्राप्त गरेका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology