गुल्मी,मंसिर ९।
गुल्मी क्षेत्र न.१ मा नेपाली कांग्रेसका नेता डा.चन्द्र भण्डारीको जीत सुनिश्चित भएको छ ।अहिले रेसुङ्गा नगरपालिकाको ७-१४ वडाको मतगणना चलिरहेको छ ।
भण्डारी अहिले १ हजार ३०५ मतसहित अग्रता लिनुभएको छ । उहाँले २९ हजार ९८९ मत पाउँदा ज्ञवाली २८ हजार ६८४ पाउँनुभएको छ ।
यहाँ प्रतिनिधि सभा सदस्यका लागि डा. भण्डारी र एमाले उपमहासचिव प्रदीप ज्ञवाली दाेस्राे स्थानमा हुनुहुन्छ ।
यसअघि कालीगण्डकी,सत्यवती,चन्द्रकोट,रूरूक्षेत्र,छत्रकोट र गुल्मीदरवार गाँउपालिकाको मतगणना सकिएको छ । अब करिब ८-९ हजार मत गन्न बाँकी छ ।
अपडेट बिहान १० बजे :
डा.चन्द्र भण्डारी : ३०,८९३
प्रदीप ज्ञवाली: २९,६८३
मतान्तर : १२१०
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)