Logo मंगलवार, श्रावण १२ गते २०८३
images

दाङ ३ (१) बाट प्रदेशसभामा कांग्रेसका डिल्लीबहादुर चौधरी दोस्रो पटक विजयी

दाङ ३ (१) बाट प्रदेशसभामा कांग्रेसका डिल्लीबहादुर चौधरी दोस्रो पटक विजयी

  • 1.2K
    SHARES

  • दाङ ३ (१) बाट  प्रदेशसभामा कांग्रेसका डिल्लीबहादुर चौधरी दोस्रो पटक विजयी

    दाङ ,मङ्सिर ८ ।

    दाङ निर्वाचन क्षेत्र नम्बर ३ (१)  मा नेपाली काँग्रेस डिल्लीबहादुर चौधरी विजयी हुनुभएको छ । 

    गठबन्धनदलका तर्फबाट प्रदेशसभा सदस्यका साझा उम्मेदवार चौधरी गणना भएको कुल ४० हजार ७ सय ८९ मत मध्ये १९ हजार ८ सय ५० मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार घनश्याम पाण्डेयले १४ हजार ४ सय ५० मत प्राप्त गर्नुभएको छ ।

    विजयी नेपाली काँग्रेसका नेता चौधरीले  पाण्डेयलाई ५ हजार ४ सय मतले पराजित गर्दै दोस्रो पटक प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको हो । पराजित पाण्डेय तुलसीपुर उपमहानगरपालिकाका निवर्तमान नगर प्रमुख हुनुहुन्छ ।

    २०७४ सालको निर्वाचनमा तत्कालीन नेकपा एमाले र माओवादीबिच बनेको गठबन्धनले दाङका ३ प्रतिनिधिसभा सदस्यसहित ८ वटा प्रदेशसभा सदस्य जित्दा काङ्ग्रेसबाट चौधरी मात्रै विजयी हुनुभएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology