Logo मंगलवार, श्रावण १२ गते २०८३
images

रुपन्देही क्षेत्र न ५ : प्रतिनिधि सभामा एमालेका वासुदेव घिमिरेको जित

रुपन्देही क्षेत्र न ५ : प्रतिनिधि सभामा एमालेका वासुदेव घिमिरेको जित

  • 1.7K
    SHARES

  • रुपन्देही  क्षेत्र न ५ : प्रतिनिधि सभामा एमालेका वासुदेव घिमिरेको जित

    बुटवल,मङसिर ८ ।

    रुपन्देही क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका वासुदेव घिमिरे विजयी हुनुभएको छ । उहाँले नेपाली कांग्रेसका उम्मेदवार भरत कुमार शाहलाई ९ हजार ७०२ मतको अन्तरले पराजित गर्नुभएको हो । 

    रुपन्देही ५ शाहले यसअघि लगातार तीनपटक जितेको क्षेत्र हो । उहाँ सार्बजनिक लेखा समितिका सभापति समेत हुनुहुन्छ ।
    एमालेका घिमिरेले ३६ हजार ८२२ मत ल्याउँदा शाहले २७ हजार १२० मत प्राप्त गर्नुभयो ।

    घिमिरे यसअघि रुपन्देहीको तिलोत्तमा नगरपालिकाको प्रमुख भएका बेला नगरपालिका कार्यसम्पादनमा देशैभरमा पहिलो भएको थियो । उहाँको यो संसदीय यात्रा पहिलो हो । यस्तै प्रदेशसभा ५(१) मा एमालेकै भूमिश्वर ढकाल बिजयी हुनुभएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology