Logo बिहिवार, आश्विन १ गते २०८३
images

डोटीबाट प्रेम आले लगातार तेस्रो पटक निर्वाचित

डोटीबाट प्रेम आले लगातार तेस्रो पटक निर्वाचित

  • 1.5K
    SHARES

  • डोटीबाट प्रेम आले लगातार तेस्रो पटक निर्वाचित

    डोटी, मङ्सिर ८ ।

    डोटीमा प्रतिनिधि सभा सदस्यमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार ५१ वर्षीय प्रेमबहादुर आले निर्वाचित भएका हुनु भएको छ । 

    बिहीबार बिहान मतगणना सम्पन्न हुँदा पूर्वमन्त्री समेत रहनु भएका आले डोटीबाट लगातार तेस्रो पटक निर्वाचित हुनु भएको हो । आले २०७० र २०७४ मा नेकपा एमालेको उम्मेदवारको रूपमा विजयी हुनु भएको थियो । सत्ता गठबन्धनका साझा उम्मेदवार आलेले नेकपा ९एमाले० की उम्मेदवार गौरी ओलीलाई चार हजार २०६ मतान्तरले हराउनु भएको छ ।

    आलेले २७ हजार २१० मत प्राप्त गर्दा  ओलीले २३ हजार चार मत प्राप्त गर्नुभयो । यस्तै स्वतन्त्र उम्मेदवार नरेन्द्र खड्काले छ हजार ६८९, राप्रपाका अङ्कबहादुर खड्काले ८०२, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार केशव बलायरले ७७४ र अर्का स्वतन्त्र उम्मेदवार राजप्रसाद जोशीले १०४ मत पाउनुभयो । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology