Logo बुधवार, श्रावण १३ गते २०८३
images

समानुपातिक : एक लाख मत कटाउने पहिलो दल एमाले,दोस्रो बनेको कांग्रेसको ८७ हजार २२५ मत

समानुपातिक : एक लाख मत कटाउने पहिलो दल एमाले,दोस्रो बनेको कांग्रेसको ८७ हजार २२५ मत

  • 1.8K
    SHARES

  • समानुपातिक : एक लाख मत कटाउने पहिलो दल एमाले,दोस्रो बनेको कांग्रेसको ८७ हजार २२५ मत

    काठमाडौं,मंसिर ६।

    प्रतिनिधिसभातर्फ समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत नेकपा एमालेले एक लाख मत कटाएको छ । प्रारम्भिक मत परिणाम अनुसार एमाले समानुपातिकतर्फ एक लाख मत कटाउने पहिलो दल बनेको छ । एमालेले अहिलेसम्म प्रतिनिधिसभा अन्तर्गत समानुपातिकतर्फ एक लाख एक हजार ६६५ मत पाएको छ ।

    दोस्रोमा नेपाली कांग्रेस छ । कांग्रेसले अहिलेसम्म ८७ हजार २२५ मत पाएको छ । तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ४६ हजार ३५२ मत पाएको छ ।  नेकपा माओवादी केन्द्र ३८ हजार २८८ मतसहित चौथो स्थानमा छ । पाँचौं स्थानमा रहेको राप्रपाले २५ हजार ९९८ मत पाएको छ ।

    यस्तै, जसपा नेपालले ८ हजार १३४, जनमत पार्टीले ७ हजार ४६२, नागरिक उन्मुक्ति पार्टीले ५ हजार ४७६ मत पाएको छ । यसैगरी नेपाल मजदुर किसान पार्टीले ५ हजार ४३४, नेकपा एकीकृत समाजवादीले ५ हजार ८३ मत पाएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology