बुटवल,कात्तिक २९-
ग्लोबल आवाज अनलाइनले तीज विशेष तस्विर प्रतियोगिता- २०७७ का विजेताहरुलाई पुरस्कार बितरण गरेको छ ।
बुटवलमा एक शुक्रबार एक कार्यक्रम गरि पुरस्कार वितरण गरेको हाे । साे अनलाइनले गत भदौमा तीज विशेष तस्विर प्रतियोगिता गरेकाे थियाे । प्रतियोगिताका विजेता तथा उत्कृष्ट १५ जनालाई सम्मान गरिएको हो ।
निर्देशक श्रृष्टि अधिकारी भुसालको अध्यक्षतामा भएको कार्यक्रममा प्रतियोगितामा प्रथम हुने स्मृति पाण्डेलाई भिभो मोबाइल प्रदान गरिएको छ ।
द्धितिय लक्ष्मी पाण्डे र र तृतिय हुने अस्मिना पाण्डेलाई पनि सम्मान सहित पुरस्कार प्रदान गरिएको कार्यक्रमका संयोजक सुरज घिमिरेले बताए । प्रतियोगितामा उत्कृष्ट १५ जना छनौट गरी उनीहरुलाई पनि सम्मान गरिएको समाचार प्रमुख डिबि सुस्लिङले बताए ।
साे कार्यक्रममा बोल्दै ग्लोबल मिडियाका प्रबन्ध निर्देशक तथा अनलाइनका प्रबन्ध सम्पादक गौतम भुसालले सहभागिता राम्राे र सफल भएको बताए ।
अनलाइनका सम्पादक एनबी कंडेलले प्रतिायोगिताको माध्यमबाट धेरै पाठकहरु थपिएको बताउँदै निरन्तरताका लागि आग्रह गरे ।
तीजको अवसरमा आयोजित प्रतियोगितामा ६ सय बढीको सहभागिता रहेको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)