Logo मंगलवार, श्रावण १२ गते २०८३
images

रुपन्देही ३ मा गृहमन्त्री बालकृष्ण खांणको अग्रता कायमै

रुपन्देही ३ मा गृहमन्त्री बालकृष्ण खांणको अग्रता कायमै

  • 1.6K
    SHARES

  • रुपन्देही ३ मा गृहमन्त्री बालकृष्ण खांणको अग्रता कायमै

    बुटवल,मंसिर ६ ।

    रुपन्देही क्षेत्र नम्बर ३ प्रतिनिधि सभा सदस्य निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवार कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खांणले अग्रता कायमै राखेका छन् ।

    मायादेवी गाउपालिका ७ र ८ नम्बर वडाको ७ वटै बुथमा खसेको ४५३० मत गणना हुंदा खांणले १९४१ मत सहित अग्रता लिएका हुन् । एमाले र जसपाको समर्थन रहेका राप्रपाका दीपक बोहराले १४३६ मत सहित खांणलाई पछ्याइरहेका छन् । जनमत पार्टीका उम्मेदवारले २७८ मत पाएका छन् । यहां ३६१ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    यस्तै प्रदेश सभा ९१० मा मायादेवीको ७ र ८ नम्बर वडाको ४५०२ मत गणना हुंदा लोकतान्त्रिक समाजवादी पार्टीका सन्तोष पाण्डेले १८२४ मत सहित अग्रता लिएका छन् । जनता समाजवादी पार्टीका महेन्द्र यादवले १२६८ मतसहित पछ्याइरहेका छन् । जनमत पार्टीका उम्मेदवारले ३९१ र हाम्रो नेपाली पार्टीका उम्मेदवारले २८४ मत पाएका छन् । २५८ मत बदर भएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology