Logo मंगलवार, श्रावण १२ गते २०८३
images

रुपन्देही ४ मा सदर र बदर मतको बिषयमा विवाद हुदा मतगणना रोकियो

रुपन्देही ४ मा सदर र बदर मतको बिषयमा विवाद हुदा मतगणना रोकियो

  • 1.3K
    SHARES

  • रुपन्देही ४ मा सदर र बदर मतको बिषयमा विवाद हुदा मतगणना रोकियो

    भैरहवा ,मंसिर ५ ।

    रुपन्देही निर्वाचन क्षेत्र नम्बर ४ मा मतगणना रोकिएको छ । सदर र बदर मतको बिषयमा लिएर विवाद हुदा मतगणना रोकिएको हो ।

    क्षेत्र नम्बर ४ का निर्वाचन अधिकृत देवेन्द्र आचार्यका अनुसार प्रतिनिधि सभा सदस्यको लागि ४ हजार ८ सय ४३ मत गणना भएको छ ।

    जस अनुसार साईकल चुनाव चिन्हले १ हजार ८ सय ८३ मत, रुख चिन्हले १ हजार ३ सय ४० मत, लाउडस्पिकर चिन्हले १ हजार ३३ मत प्राप्त गरेका छन्।

    यो बाहेकको तथ्यांक आधिकारीक नभएको निर्वाचन अधिकृत आचार्यले बताए । फरक मतपेटिकामा फरक मत देखिएकोले त्यस्तो मतलाई सदर गर्ने कि बदर गर्ने बिषयमा सो क्षेत्रमा विवाद हुदा मतगणना रोकिएको छ।

    निर्वाचन अधिकृत आचार्यले यस बिषयमा सर्वदलिय बैठक बसि सहमतिको प्रयास भईरहेको बताए । उनले आधा घण्टा भित्रै मतगणना सुरु गरिने जानकारी दिए।  

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology