झापा,मङ्सिर ५ ।
झापा-१ मा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले करिब १५ सय मतले अग्रता लिएका छन् ।सात हजार ६९७ मत गणना हुँदा शर्माले ३ हजार ९०० मत पाएका छन् भने उनका प्रतिस्पर्धी नेकपा एमालेका अग्नि खरेलले २ हजार ३९० मत पाएका छन् ।
त्यस्तै तेस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका ओमनाथ भण्डारीले ७३५ मत पाएका छन् ।यो क्षेत्रबाट २०७४ सालमा विश्वप्रकाशलाई हराउँदै नेकपा माओवादी केन्द्रका सुरेन्द्रकुमार कार्की निर्वाचित भएका थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)