बुटवल,मङ्सिर ५ ।
मुस्ताङको प्रदेशसभा (क) मा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नम्डु गुरुङ विजयी हुनुभएको छ । गुरुङ नेकपा (एमाले) का इन्द्रधारा विष्टलाई दुई सय ५५ मतान्तरले पराजित गर्दै विजयी बन्नुभएको हो ।
गुरुङले एक हजार ४८ मत पाउँदा निकटतम प्रतिस्पर्धी विष्टले सात सय ९३ मत ल्याउनुभएको थियो । खसेको मतमध्ये १४ मत बदर भएको थियो । अहिले प्रदेशसभा (२) को मतगणना जारी छ ।
मुस्ताङ प्रदेशसभा (ख) मा नेपाली कांग्रेसका विकल शेरचन विजयी हुनुभएको छ । उहाँ दुई
हजार ७२३ मतसहित विजयी हुनुभएको हो ।
शेरचनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का चन्द्रमोहन गौचनले दुई हजार ५६५ मत प्राप्त गर्नुभएको छ । हिमालपारिको जिल्ला मुस्ताङमा प्रतिनिधिसभा तथा प्रदेशसभाको तीन स्थानमै नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)