Logo मंगलवार, श्रावण १२ गते २०८३
images

प्रतिनिधिसभामा कांग्रेसको खाता खुल्यो,मुस्ताङमा योगेश गौचन विजयी

प्रतिनिधिसभामा कांग्रेसको खाता खुल्यो,मुस्ताङमा योगेश गौचन विजयी

  • 2.6K
    SHARES

  • प्रतिनिधिसभामा कांग्रेसको खाता खुल्यो,मुस्ताङमा योगेश गौचन विजयी

    बुटवल,मङ्सिर ५  ।

    प्रतिनिधिसभा निर्वाचन क्षेत्र मुस्ताङमा नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली विजयी भएका छन् ।उनले एमालेका उम्मेदवार प्रेमप्रसाद तुलाचनलाई हराएका हुन् ।

    मुस्ताङमा ७ हजार २३० मत खसेको थियो । २९ वर्षीय योगेश पहिलो पटक नै सांसदमा निर्वाचित भएका हुन् । 

    निर्वाचित गौचनले तीन हजार ९९२ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार प्रेम तुलाचनले तीन हजार ७८ मत प्राप्त गरे ।

    योगेश कांग्रेसका जिल्ला सभापति एवम् पूर्वमन्त्री रोमी गौचन थकालीका छोरा हुन्  ।आधिकारीक घाेषणा भने केहिबेरमा हुदैछ ।Mustang-Vote-Count.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology