Logo बिहिवार, आश्विन १ गते २०८३
images

देशभर ६१ प्रतिशत मतदान : निर्वाचन आयोग

देशभर ६१ प्रतिशत मतदान : निर्वाचन आयोग

  • 1.7K
    SHARES

  • देशभर ६१ प्रतिशत मतदान : निर्वाचन आयोग

    काठमाडौं, मङ्सिर ४ ।

    निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले आइतबार देशभर एकसाथ भएको आम निर्वाचनमा ६१ प्रतिशत मतदान भएको जानकारी दिनुभएको छ। आइतबार आयोगमा आयोजित पत्रकार सम्मेलनमा बोल्नुहुँदै प्रमुख आयुक्त थपलियाले अहिलेसम्म प्राप्त विवरणलाई हेर्दा ६१ प्रतिशत मतदान भएको जानकारी दिनुभएको हो। 

    आइतबार साँझ आयोगको कार्यालयमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रमुख आयुक्त थपलियाले भन्नुभयो, ‘‘६१ प्रतिशत मतदान भएको देखिएको छ। यो सङ्ख्या सम्पूर्ण विवरण प्राप्त भएपछि केही वृद्धि हुनसक्ने आयोगको अनुमान छ।’’ 

    उहाँले १५ स्थानमा मतदान हुन नसकेकोसमेत जानकारी दिनुभएको छ। निर्वाचनको समयमा मतदाता र मतपत्रको सुरक्षाको क्रममा एक जनाको मृत्यु भएकोप्रति दुःख व्यक्त गर्नुभएको छ। 

    प्रमुख आयुक्त थपलियाले मतपत्र मत गणनास्थलमा पुर्‍याएपछि काठमाडौं उपत्यकामा आजै र अन्य ठाउँमा प्रक्रिया पूरा गरेर तत्काल गणना सुरु गर्न निर्देशन दिएको बताउनुभएको छ। 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology