बुटवल,मङ्सिर ३ ।
पत्रकार एनबी कंडेल (नरबहादुर कंडेल) को सवारी दुर्घटनामा परी गएराती निधन भएको छ । शुक्रबार सिद्धार्थ राजमार्ग अन्तर्गत तिलाेत्तमा जानकीनगरमा कंडेल सवार लु ४४ प ८२०१ नम्बरको मोटरसाइकललाई लु १ क ५२७६ नम्बरको रेडिमिक्स (सिमेन्ट घोल्ने सवारी) ले ठक्कर दिएको थियो ।
दुबै सवारी बुटवलबाट भैरहवा तर्फ जादै थिए । रुपन्देही सैनामैना नगरपालिका–१ रानी बगिया स्थायी घर भई बुटवलमा बस्दै आएका ३५ बर्षीय कंडेल ग्लोबल आवाज डट कमका सम्पादक थिए । ठक्कर दिने रेडिमिक्स (सिमेन्ट घोल्ने) सवारी र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
विगत ढेड दशकदेखि रुपन्देहीमा रहेर पत्रकारितामा आबद्ध कंडेल ग्लोबल आवाज डटकममा सम्पादकको समेत थिए ।
३५ बर्षिय कंडेलका एक श्रीमती ,(७ बर्षीय )एक छाेरा र १ छाेरी ( ७ महिना ) की छन् । उनीहरु बुटवल तीनकुने नजिकै भाडाको घरमा बस्दै आएका थिए । उनको निधनले रुपन्देहीको पत्रकारिता जगत स्तब्ध भएको छ ।
पत्रकार महासंघ,प्रेस चाैतारी,प्रेस युनियन लगायतका संघसंगठनले उनको निधनले स्तब्ध बनाएको उल्लेख गरेका छन् । उनको आजै अन्तिम संस्कार गरिने पारिवारिक श्राेतले जनाएको छ ।
नागरिक अनलाइनको तर्फबाट मृतक प्रति हार्दिक श्रद्धाञ्जली तथा परिवारमा गहिराे समवेदना ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)