बुटवल,मङ्सिर २।
पछिल्लो २४ घण्टामा थप आठ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाबाट ७७८ जनाको पीसीआर र एन्टिजेन परीक्षण गर्दा आठ जनामा कोरोना पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा १७ जना कोरोना सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ। कुनै पनि सङ्क्रमितको मृत्यु भएको छैन।
अहिले देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ४४४ छ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)