Logo मंगलवार, श्रावण १२ गते २०८३
images

चुनावका मुखमा ‘लाउन्न भो ज्यानमारा पिरती’

चुनावका मुखमा ‘लाउन्न भो ज्यानमारा पिरती’

  • 1.6K
    SHARES

  • चुनावका मुखमा ‘लाउन्न भो ज्यानमारा पिरती’

    बुटवल,मंसिर २ ।

    युवा सर्जक तथा गायक श्रीधर अधिकारीको शब्द एवं संगीतमा ‘लाउन्न भो ज्यानमारा पिरती’ बोलको गीत सार्वजनिक भएको छ ।चुनावी माहोलको समयमा सार्वजनिक यस गीतमा रचना रिमाल र रामहरि आचार्यले स्वर दिएका छन् ।

    सुनिल परियारले गीतलाई एरेन्ज गरेका हुन् । गीता ढुंगाना र गायक रामहरि स्वयंम अभिनीत भिडियोलाई काजिश श्रेष्ठले कोरियोग्राफी एवं निर्देशन गरेका हुन् ।

    अजय रेग्मीको छायाँकन, दीपक विष्टको सम्पादन एवं कलरपश्चात भिडियो सार्वजनिक भएको हो ।‘राम जानकी ईन्टरटेन्मेट’को युट्युब च्यानलमा भिडियो हेर्न सकिन्छ ।गीतले युट्युबमा राम्रो भ्युज पाइरहेको छ । युवा–युवती एकअर्काबीचको नोँकझोकलाई रमाईलो तरिकाले गीतमा प्रस्तुत गरिएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology