Logo मंगलवार, श्रावण १२ गते २०८३
images

कामना सेवा विकास बैंकद्वारा देवदह आदर्श क्याम्पसमाअग्निरोधक साधन र डस्टविन हस्तान्तरण

कामना सेवा विकास बैंकद्वारा देवदह आदर्श क्याम्पसमाअग्निरोधक साधन र डस्टविन हस्तान्तरण

  • 1.7K
    SHARES

  • कामना सेवा विकास बैंकद्वारा देवदह आदर्श क्याम्पसमाअग्निरोधक साधन र डस्टविन हस्तान्तरण

    बुटवल,मंसिर २।

    कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देवदह ५ शित्तलनगर स्थित देवदह आदर्श बहुमुखी क्याम्पसलाई सहयाेग गरेकाे छ ।

    बुटवल रिजनको खैरेनी शाखा मार्फत देवदह ५ शित्तलनगर स्थित साे क्याम्पसलाई ३ थान अग्निरोधक साधन (Fire Extinguisher) तथा ५ थान डस्टविन हस्तान्तरण गरेको हाे ।

    भविष्यमा हुन सक्ने सम्भावित आगजनीलाई तुरुन्त नियन्त्रण गर्न सकियोस साथै क्याम्पस वरपरको फोहोर व्यवस्थापन तथा वातावरण सफा र स्वच्छ रहोस् भन्ने उद्देश्यका साथ डस्टविन प्रदान गरिएको हो ।
     
    उक्त सामाग्रीहरु बैंक तर्फबाट कोटिहवा कलस्टर प्रमुख रवि पौडेलले क्याम्पस प्रमुख मित्रलाल न्यौपानेलाई हस्तान्तरण गर्नु भएको थियो । उक्त कार्याक्रममा सहायक क्याम्पस प्रमुख जयकिसन अधिकारी, शिक्षक हरि ढुंगाना, होमनाथ शर्मा, खेमानन्द ज्ञवाली लगायत अन्य शिक्षकहरु साथै बैंकको तर्फबाट शाखा इन्चार्ज सहित बैंकका कर्मचारीहरुको उपस्थिति रहेको थियो । 
     
    यससँगै बैंकका कलस्टर प्रमुखले आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका सामाजिक कार्यहरुलाई निरन्तरता दिने प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो र क्याम्पसका तर्फबाट सहायक क्याम्पस प्रमुख जयकिसन अधिकारीले बैंक ब्यवस्थापनलाई धन्यबाद ब्यक्त गर्नुभयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology