Logo बुधवार, श्रावण १३ गते २०८३
images

यसपटक १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता

यसपटक १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता

  • 1.4K
    SHARES

  • यसपटक १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता

    बुटवल,मङ्सिर १ ।

    दुइदिनपछि अर्थात् मङ्सिर ४ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले मत दिन योग्य मतदाताको संख्या विवरण सार्वजनिक गरेको छ। निर्वाचनमा १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता रहेको आयोगको तथ्यांक छ।

    पुरुष मतदाता ९१ लाख ४० हजार ८०६ र महिला मतदाता ८८ लाख ४७ हजार ५७९ छन्। त्यस्तै, अन्य मतदाता १८५ छन्।

    प्रतिनिधि सभातर्फ कुल १६५ र प्रदेश सभातर्फ कुल ३३० सिटका लागि प्रत्यक्षतर्फको निर्वाचन हुँदैछ। त्यस्तै, प्रतिनिधि सभाका ११० सिट र प्रदेशमा प्रत्येक प्रदेशका लागि सो प्रदेशसभाको कुल आकारको ४० प्रतिशत सिटका लागि समानुपातिक निर्वाचन पनि त्यसै दिन हुँदैछ।

    देशभर कुल १० हजार ८९२ मतदानस्थल र २२ हजार २२७ मतदान केन्द्र हुने आयोगले जनाएको छ ।

    लुम्बिनीमा साढे ३२ लाख मतदाता :

    निर्वाचनमा लुम्बिनीबाट करिब साढे ३२ लाख मतदाताले मतदान गर्न पाउने छन् । प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार प्रदेशका १२ जिल्लामा ३२ लाख ४९ हजार ६३७ मतदाता रहेका छन् ।

    प्रदेश निर्वाचन कार्यालयका प्रदेश निर्वाचन कार्यालय दाङका प्रमुख नारायण भण्डारीका अनुसार यी निर्वाचन क्षेत्रका कुल मतदातामध्ये पुरुष १६ लाख ३७ हजार १३२, महिला १६ लाख १२ हजार ४७१ र अन्य ३४ जना रहेका छन् ।

    धेरै निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा संघतर्फ ५ वटा र प्रदेशतर्फ १० वटा निर्वाचन क्षेत्र रहेका छन् भने सबैभन्दा कम रोल्पा, रुकुम पूर्व, प्युठान र अर्घाखाँची संघतर्फ एकरएक वटा र प्रदेशतर्फ दुई-दुई वटा रहेका छन् ।

    निर्वाचन आयोगले निर्वाचन पूरा गर्नका लागि प्रदेशभर कुल मतदानस्थल १६४९ र मतदान केन्द्र ३८६१ तय गरेको छ । स्थानीय तह चुनावमा करिब ७० प्रतिशत मत खसेको आधारमा अहिले करिब २२ लाख मत खस्ने अनुमान आयोगको रहेको छ ।

    हेराैँ तथ्यांक :

    data election.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology