बुटवल,मंसिर १ ।
पाँच दलीय गठबन्धनले बिहीबार भैरहवामा आयोजना चुनावी सभामा गर्यो । साे अवसरमा बाेल्दै रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहेका नेपाली काँग्रेसका केन्द्रिय सदस्य खाँणले हिजो पंचायत र राजतन्त्र फाल्छौं भन्दा नपत्याउने शक्तिहरुले अहिले पनि गठबन्धनले केही गर्न सक्दैन भनेर प्रचार गरिरहेका भन्दै आपत्ती जनाउनुभयो ।
उनले रोजगारी सिर्जना गर्दै सबै युवाहरुलाई स्वदेशमै बस्ने व्यवस्था गरिने दावी गरे । जिल्लाको कृषि क्षेत्रको बिकासका लागि सेमलारको कर्साघाटमा दुई अर्ब लगानीमा कृषि थोक बजार निर्माण हुन लागेको खाँणले बताए । उनले सदरमुकाम भैरहवालाई अन्तर्राष्ट्रिय सहरका रुपमा विकसित गरिने दोहोर्याए । त्यसका लागि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गरेर आर्थिक केन्द्र बनाइने बताएका हुन् ।
रुपन्देही ३(१) बाट प्रदेशसभा सदस्यका उम्मेदवार सन्तोषकुमार पाण्डेयले वर्षौपछि रुपन्देहीले राष्ट्रिय नेता पाउन लागेको उल्लेख गर्दै प्रतिनिधिसभा उम्मेदवार खाँणलाई अत्यधिक बहुमतले जिताउन आग्रह गरे । क्षेत्र नम्बर ३(२) का उम्मेदवार रामचन्द्र ढकालले लोकतन्त्र रक्षाका लागि गठबन्धनलाई जिताउनु पर्ने बताए । उनले बहुदल र राजतन्त्र फाल्न गरिएको आन्दोलन दवाउन लागेकाहरु नै अहिले उम्मेदवार भएको भन्दै त्यस्तालाई जनताले चिनेर पराजित गर्नु पर्ने बताए ।
आमसभा अघि बुद्धचोकबाट बृहत् र्याली निकालिएको थियो ।






नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)