बुटवल ,कार्तिक २८ -
नेपाल आइडलमा रुपन्देहीको नाम चम्काइसकेका अफसर अलिको सुमधुर शब्द संगीत र स्वरमा सजिएको गीत ‘तिमी र म’ सार्बजनिक भएको छ।
युट्युब मार्फत आफ्ना प्रिय दर्शक श्रोता माझ गीत पस्केका अफसर अलि यो गीत ले दर्शकको माया पाउनेमा ढुक्क छन्। सुरज पाण्डेयको छायांकन कलर इडिट रहेक सो भिडियोलाइ संचारकर्मी सुमन श्रेष्ठले निर्देशन गरेका छन्।
बिगत १७ बर्ष देखि पत्रकारिता क्षेत्रमा जमेका संचारकर्मी श्रेष्ठले निर्देशन गरेको यो पहिलो म्युजिक भिडियो हो। तर यस अघि उनले धेरै शर्टमुभी वृत्तचित्र र फिचरहरु गराइसकेका छन्। आफ्नो यो निर्देशन म्युजिक भिडियोमा पहिलो भएकोले पनि उनि अझै एक्साईटेड छन्।
त्यसो त एकैछिन संगीतलाई निखार्न लागिपरेका अफसर अलिले यो गीतले दर्शकको माया बटुल्नेमा ढुक्क छन्। गीतमा सागर क्षेत्रिले सहायक क्यामेरामा सघाएका छन् भने गोकुल घिमिरेले मास्टर रेकर्डिङ्ग गरेका हुन्।
जी बिट्सको प्रोडक्सन रहेको म्युजिक भिडियो ूतिमी र मूमा चकलेटी मोडल जोसनमान गौचन , सोनु रामजाली, कृष्ण भुषाल र बिनु रामजालीको मुख्य भूमिका रहेको छ। मोडेल जोसन मान को यो दोश्रो म्युजिक भिडियो हो।
मुभ अन प्रोडक्सन प्रालिको प्रस्तुतिमा रहेको म्युजिक भिडियोलाई युट्युबमा सार्बजनिक भए संगै धेरै मन पराइरहेका छन्।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)