Logo बिहिवार, आश्विन १ गते २०८३
images

रामचन्द्र ढकालले टीप्पणी : ‘राजधानी सारेर जनताको अपमान गर्नेले माफ माग्नु पर्नेमा आज भाेट माग्दै आएका छन् ’

रामचन्द्र ढकालले टीप्पणी : ‘राजधानी सारेर जनताको अपमान गर्नेले माफ माग्नु पर्नेमा आज भाेट माग्दै आएका छन् ’

  • 1.5K
    SHARES

  • रामचन्द्र ढकालले टीप्पणी : ‘राजधानी सारेर जनताको अपमान गर्नेले माफ माग्नु पर्नेमा आज भाेट माग्दै आएका छन् ’

    बुटवल,मंसिर १ ।

    नेपाली काँग्रेसका नेता रुपन्देही ३ (२) का उम्मेदवार तथा रामचन्द्र ढकालले लुम्बिनी प्रदेशको राजधानी बुटवलबाट दाङ लैजानेलाई भोट नदिन आग्रह गरेका छन् । 

    नेपाली काँग्रेसका पूर्व जिल्ला सभापति समेत रहेका ढकालले मंगलबार जिल्लाको फर्साटिकरमा आयोजित चुनावी सभामा बोल्दै बुटवलबाट राजधानी दाङ पुर्याउन हस्ताक्षर गर्ने व्यक्ति नै अहिले उम्मेदवार रहेकाले उनलाई भोट नदिन आग्रह गरे ।  

    अहिले तीन दलिय गठबन्धनबाट प्रदेश ३ (ख) मा उम्मेदवार बनेका एमाले नेता तुलसी प्रसाद चौधरीले लुम्बिनी प्रदेशको राजधानी बुटवलबाट दाङ लैजानेमा महत्वपुर्ण भुमिका निर्वाह गरेकाले जनतामाथि बेईमानी गर्नेलाई जनताको मतले कार्वाही गर्नुपर्नेमा जोड दिए । 

    ‘राजधानी फिर्ता ल्याउँछु भनेर प्रचार गरिरहेका छन्,’ उनले भने, ‘उनीहरुले राजधानी दाङ पुर्याउँदा हामीले आन्दोलन गरेका थियौं, यो कुरा जनताले बुझ्नुपर्छ, हिजो जनताको अपमान गर्नेले माफ माग्नु पर्नेमा राजधानी फिर्ता ल्याउँछु भनेर झुट्टा कुरा गरिरहेका छन् ।’ राजधानी सार्ने नेता प्रचारमा आइरहेकाले प्रश्न गर्न उनले अनुरोध गरे ।

    नेता ढकालले ५ बर्षसम्म जनताको घरदैलोमा नजाने नेतालाई दोहोराएर जनताले निर्वाचित नगर्न आग्रह गर्दै नेपाली कांग्रेसको पक्षमा मतदान गर्न आग्रह गरे । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology