Logo बिहिवार, आश्विन १ गते २०८३
images

पूर्व राज्यमन्त्री रज्जाकको पक्षमा माहाेल बन्दै,मतदाता भन्छन् -‘सुखदुखमा उनै भेटिन्छन्’

पूर्व राज्यमन्त्री रज्जाकको पक्षमा माहाेल बन्दै,मतदाता भन्छन् -‘सुखदुखमा उनै भेटिन्छन्’

  • 3.2K
    SHARES

  • पूर्व राज्यमन्त्री रज्जाकको पक्षमा माहाेल बन्दै,मतदाता भन्छन् -‘सुखदुखमा उनै भेटिन्छन्’

    बुटवल,मंसिर १ ।

    प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन आउन ३ दिन बाँकी रहदैगर्दा रुपन्देही क्षेत्र नं.१ (२) मा पूर्व राज्यमन्त्री अब्दुल रज्जाकको पक्षमा माहाेल बन्दै गएको छ । 

    सत्ता गठबन्धनका तर्फबाट प्रदेश सभाका उम्मेदवार बनेका काँग्रेस नेता रज्जाकको पक्षमा साे क्षेत्रमा माहाेल बढ्दै गएको हो । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा संबिधान सभा सदस्य समेत रहेका रज्जाक अहिले चुनावी प्रचारप्रसार र घरदैलोमा केन्द्रीत छन् । नेता रज्जाकलाई लुम्बिनी प्रदेशको भावी मूख्यमन्त्रीका रुपमा हेरिएका कारण पनि सो क्षेत्रका जनता उत्साहित छन् ।

    नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा लगायतका दलहरुको तर्फबाट साझा उम्मेदवार बनेका रज्जाकले चुनावी प्रचार प्रसार र भेटघाटलाई तिब्रता दिएका छन् । घरदैलोका क्रममा नेता रज्जाकले जनताका गुनासो र समस्या सुन्ने तथा आफ्ना योजना र प्रतिबद्धता प्रस्तुत गर्ने गरेका छन् । उनले गांउगांउ र टोलटोलमा हुने चुनावी कार्यक्रमहरुमा कांग्रेसमा प्रबेश गर्नेहरुलाई स्वागत गर्ने तथा स्थानीय संग शुभकामना र आशिर्वाद लिईरहेका छन् ।

    रुपन्देहीका जनता माझ लोकप्रिय रहेका रज्जाक जनप्रेमी र बिकासप्रेमी नेताका रुपमा समेत परिचित छन् । २०७० मा भएको संविधान सभाको निर्वाचनमा रुपन्देही क्षेत्र नं. १ बाट लोकप्रिय मतका साथ संविधान सभा सदस्यमा निर्वाचित भएका रज्जाक मँसिर ४ गते हुने निर्वाचनमा रुपन्देही क्षेत्र नं १ (ख) मा नेपाली कांग्रेसको तर्फबाट प्रदेश सभाका उम्मेदवारका रुपमा प्रस्तुत भएका हुन् । सरल, शालिन र भद्र स्वभावका रज्जाक सो क्षेत्रका जनताको रोजाईमा परेका छन् । जनताको गुनासो सहज रुपमा सुनिदिने र समाधानका लागि पहल गरिदिने ईमान्दार, वफादार र स्वच्छ छबिका भएका कारण पनि नेता रज्जाकको पक्षमा जनलहर देखिएको हो । Ghanashyam bhusaal 30 kartik.jpg

    प्रदेश सभाका उम्मेदवार रज्जाकको पक्षमा राम्रो जनलहर रहेको नेपाली काँग्रेस क्षेत्र नं. १ रुपन्देहीका सभापति एवं चुनाव प्रचारप्रसार समितिका संयोजक हिरा बहादुर केसीले बताए । “हामी घरदैलो कै क्रममा छौँ ।, ‘यहांका मतदाताले भोट त रज्जाकलाई नै दिने हो भन्छन् ।, ‘रज्जाक बिकासप्रमी, ईमान्दार, वफादार र स्वच्छ छबीका नेता भएका कारण भोट रज्जाकलाई नै दिने अधिकांश स्थानीयको प्रतिक्रिया पाएका छौं,’– केसीले भने ।” यस क्षेत्रका मतदाताको साथ, समर्थन र सद्भाव रहेका कारण पनि रज्जाकको जित सुनिश्चित रहेको उनले बताए । 

    प्रदेश सभाका उम्मेदवार रज्जाकले सो क्षेत्रका नागरिकहरुको बिश्वास नै आफुले चुनाव जित्ने बलियो आधार भएको प्रतिक्रिया दिएका छन् । आफ्नो उम्मेदवारीलाई लिएर सो क्षेत्रका जनता उत्साही रहेको र आफूलाई मतदान गर्न आतुर रहेको उनले बताए । 
    शिक्षण सेवा हुदै २०३६ सालदेखि राजनीतिमा प्रवेश गरेका रज्जाक सो क्षेत्रको विकास र समृद्धिका निम्ति अनवरत रुपमा सेवकका रुपमा समर्पित रहदै आएका छन् । स्थानिय स्तरबाट राजनिती शुरु गरेका रज्जाक गाँउ, क्षेत्र, जिल्ला हुँदै हाल केन्द्रीय राजनितीमा समेत राम्रो पकड बनाउन सफल भएका छन् । जनताप्रति ईमान्दार, वफादार र बिकासप्रेमी नेताको छबी बनाएका रज्जाकको पक्षमा बलियो जनमत रहेका कारण जित सुनिश्चित रहेको नेपाली कांग्रेस रुपन्देहीका सचिव हरि प्रसाद काफ्लेले बताए । 

    उक्त क्षेत्रमा पुल निर्माण, बिद्युत् विस्तार, बाटो निमार्ण, विद्यालयका पूर्वाधार निमार्ण, खानेपानी तथा सिञ्चाई, खेलकुद क्षेत्रको विकास, स्वास्थ्य क्षेत्रको सुधार तथा विकास, धार्मिक क्षेत्रको प्रचार प्रसार र पुर्वाधार निमार्ण लगायतका कामहरु नेता रज्जाकले गरेका महत्वपूर्ण कार्यहरु हुन् । देवदह वडा नं १० चरङ्गे जोड्ने र अन्य ३ वटा पुल निर्माण, शिवपुरदेखि भवानीपुर जोड्ने पुल, सुरजपुरा–बसन्तपुर हुँदै रोहिणी नदिमा पक्की पुल, भलुही देखि भु.पु सैनिक जोड्ने पुल निर्माण, सुकरौली–कानपारा जाने रोहिणी नदिमा पुल निर्माण तथा बिभिन्न स्थानमा ५ वटा झलुङ्गे पुल गरि आफ्नो पहलमा १५ वटा पुल निर्मााण भएको नेता रज्जाकले बताए ।Ghanashyam bhusaal 30 kartik.jpg

    यस्तै सिञ्चाई तथा पर्यटन क्षेत्रमा ४९ करोड बजेट विनियोजन, धकधईमा विधुत सबस्टेसन लाईन विस्तार, वेलहिया भन्सार देखि बसन्तपुर हुँदै मतेरिया, केरवानी हुँदै कान्छीबजार बाटोको लागि ८ करोड बजेट विनियोजन भई काम भएको उनले बताए । आफ्नो पहलमा करिब ६ अर्ब बजेट रुपन्देही क्षेत्र नं १ मा विनियोजन गर्न सफल भएको रज्जाकले बताए । 

    नेता रज्जाक यसपटक क्षेत्र नं १ संगै रुपन्देहीको बिकास र समृद्धिका साथै आफ्ना अधुरा योजनाहरु पुरा गर्ने योजनामा छन् । ठोस योजना र कार्यक्रम सहित चुनावी मैदानमा होमिएका नेता रज्जाकले विकास र समृद्धिका लागि नेपाली काँग्रेसलाई रोज्न आग्रह गरेका छन् । मूलुकको बिकास, समृद्धि, लोकतन्त्र, शान्ति र स्थायित्वका निम्ति पनि गठबन्धनको पक्षमा मतदान गर्न नेता रज्जाकले सो क्षेत्रका मतदातालाई आब्हान समेत गरेका छन् ।

    रज्जाकसंगै प्रतिनिधि सभा रुपन्देही क्षेत्र नं. १ मा गठबन्धनकै तर्फबाट स्वतन्त्र उम्मेदवार घनश्याम भुषाल र प्रदेश सभा (क) मा नेपाली काँग्रेस क्षेत्र नं. १ रुपन्देहीका पूर्व क्षेत्रीय सभापति बिश्वनाथ यादव चुनावी मैदानमा छन् ।Ghanashyam bhusaal 30 kartik.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology