Logo मंगलवार, श्रावण १२ गते २०८३
images

‘जनताको अपार समर्थनले उत्साहित बनाएको छ,भारी मतले जित्छु ’ : बालकृष्ण खाँण (अन्तर्वार्ता)

‘जनताको अपार समर्थनले उत्साहित बनाएको छ,भारी मतले जित्छु ’ : बालकृष्ण खाँण (अन्तर्वार्ता)

  • 2.4K
    SHARES

  • ‘जनताको अपार समर्थनले उत्साहित बनाएको छ,भारी मतले जित्छु ’ : बालकृष्ण खाँण (अन्तर्वार्ता)

    -बालकृष्ण खाण : गृहमन्त्री एवं प्रतिनिधि सभा उम्मेदवार, पाँच दलीय गठबन्धन रुपन्देही क्षेत्र नं. ३

    बालकृष्ण खाँण नेपाली राजनीतिमा स्थापित नाम हो । युवादेखि पाका पुस्तासम्म परिचित खाँण विद्यार्थी राजनीतिबाट उदाएका हुन् । पंचायत र राजतन्त्र ढाली मुलुकमा गणतन्त्र ल्याउन उनी कयौंपटक जेल बस्नु परेको छ । २०३७ सालमा नेपाल विद्यार्थी संघ रुपन्देहीको सभापति हुँदै राजनीतिमा होमिएका काँग्रेस नेता खाँणले बहुुदल ल्याउन र लोकतन्त्र स्थापना गर्नमा उतारचढाव र जेलनेल भोग्दै आफ्नो परिचयलाई फराकिलो पार्दै आएका छन् । वर्तमान गृहमन्त्री खाँणले लोकतन्त्र संस्थागत गर्नेक्रममा जेलनेल र कष्ट सहनु परेको छ ।

    यस्ता अवरोध र यातनाले नागरिकको हक अधिकार स्थापित गर्ने खाँणको यात्रालाई रोक्न सकेनन् । मुलुकमा शान्ति पक्रियालाई निष्कर्षमा पुर्याउन उनले महत्वपूर्ण भूमिका खेलेका थिए । लोकतन्त्र, प्रेस स्वतन्त्रता, मानवअधिकारको पक्षमा खाँण झन भन्दा झन प्रखर बन्दैं गएका छन् । अहिले खाँण गृहमन्त्रीका साथै गठबन्धन सरकारमा उनी दोस्रो बरियतामा छन् । यसपटक रुपन्देही–३, बाट निर्वाचित भएर मुलुकको प्रधानमन्त्री बन्ने उनको सोंच रहेको छ । अहिले उनको निर्वाचन क्षेत्रका बासिन्दाले खाँणलाई भावी प्रधानमन्त्रीका रुपमा प्रचार गरिरहेका छन् । आफू निर्वाचित भएपछि रुपन्देही–३, समेत समग्र मुलुकको बिकासको नेतृत्व गर्ने उनी बताउँदै आएका छन् । उनै खाँणसित गरिएको कुराकानीको सम्पादित अंश :

    -राजनीतिक यात्राबाटै सुरु गरौं है ?

    मेरो राजनीतिको सुरवात विद्यार्थी कालमा भएको हो । विद्यालय, क्याम्पसमा नेविसंघमा संगठिन हुँदैं राजनीति र जनताका मर्का बुझने अवसर पाए । क्याम्पस तहबाटै मैले प्रजातन्त्रकालागि लडाईं लडेको हुँ । २०३९ सालमा नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्य भएँ । त्यसपछि क्रमशः त्रिभुुवन विश्व विद्यालयको स्वतन्त्र विद्यार्थी युनियननको उपसभापति भए । त्यसबेला पञ्चायत बिरुद्ध आन्दोलनमा थियौं । म अग्र मोर्चामै थिए । त्यही बेला २०४१ सालमा भएको महाधिवेशनबाट म नेपाल विद्यार्थी नेविसंघको केन्द्रीय सभापतिमा निर्वाचति भएको थिएँ ।Ghanashyam bhusaal 30 kartik.jpg

    -विद्यार्थी हुँदैं संसदीय राजनीतिमा प्रवेश गर्नुभयो, अनुभव बाँडनुस न ?  

    ०४६ सालको जन आन्दोलनमा युवाको नेतृत्व गरे । त्यसबेला मेरो नेतृत्वमा युवाले परिवर्तनमा ठूलो भूमिका खेलेका थिएँ । उक्त आन्दोलनमा पञ्चायत बिरुद्ध वामपन्थी शक्तिसित एकजुट भएर हामी लडेका थियौं । मुलुकलाईं बिकासमा लम्किन नदिने पञ्चायत ढाल्न एकजुट भएका थियौं । जन आन्दोलनपछि अन्तरिम सरकार बन्यो । उक्त सरकारले २०४८ मा आम निर्वाचन गरायो । त्यहीँबाट संसदीय राजनीतिमा छिर्ने अवसर पाएका थिए ।

    त्यसबेला म तत्कालीन रुपन्देही क्षेत्र नम्बर–३, बाट उम्मेदवार बनेको थिएँ । म प्रत्यक्ष रुपमा निर्वाचित भएँ । सांसद बनेपछि पनि म पार्टीको भातृ संगठनको नेतृत्वमा रहे । म दुुई कार्यकाल नेपाल तरुणदलको सभापति भए । तरुणदलको सभापति हुँदा म २०५४ सालमा भएको निर्वाचनमा आफै निर्वाचन नलडेर देशभर चुनावी अभियानमा खटिएको थिए । २०५६ सालमै म नेपाली कांग्रेसको केन्द्रीय सदस्य भएका थिएँ ।

    -तपाईंको राजनीतिक कसरी अघि बढ्याे ?

    म २१ वर्षदेखि नेपाली कांग्रेसको केन्द्रीय समितिमा विभिन्न भूमिकामा रहेको छु । यस क्रममा मैले पार्टीलाई बलियो बनाउन कुनै कसर बाँकि राखेको छैन । म तीन पटक प्रत्यक्ष चुनाव लड्ेर निर्वाचित भएको व्यक्ति हुँ । त्यसैले रुपन्देहीको बिकासको जग बसाउन र ठूलो आयोजनाका लागि बजेट विनियोजन गर्न मेरो भूमिका थियो । अहिले पनि छ । यस अवधिमा म शिक्षा तथा खेलकुद, सिंचाई, रक्षा हुँदै अहिले अहिले गृहमन्त्री छुँ । राजनीतिक यात्राका क्रममा २०३६–०३७ देखि ०४६ सालसम्म प्रजातन्त्र पुुनस्र्थापनाका लागि बिभीन्न जिल्लामा विद्यार्थीहरुको नेतृत्व गर्दै आन्दोलनमा होमिने क्रममा म कयौं पटक जेल परेको थिएँ । २०४२ मा कांग्रेसको आह्वानमा भएको सत्याग्रह होस्, चाहे ०६१ म तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता कब्जा गर्दा होस्, २०६२–०६३ जनआन्दोलनमा पनि म अग्रपंतिmमा उभिएँ ।Ghanashyam bhusaal 30 kartik.jpg

    -पञ्चायतबिरुद्ध खरो बोल्नु हुन्थ्यो ? अहिले नरम किन ?

    लोकतन्त्रमा सबैलाई बोल्न छुट छ । सबैले सामान ढंगले बोल्न सकुन भनेरै हामी निरंकुशता बिरुद्ध आन्दोलनमा होमियौं । त्यस क्रममा म खरो र चर्को भाषण गर्थे । पंचायत ढाल्दा होस् या निरंकुश राजा फाल्दा ती निरंकुश शक्तिलाई सुनाउन त्यसरी गर्जिनु पथ्र्यो । जनताले चिन्ने गरी राष्ट्र, राष्ट्रियता र जनताको पक्षमा भाषण गरे ।

    त्यसबेला सुस्त बोल्नेलाई राजावादी र पंचेले दबाउँथे, धम्क्याउँथे, आवाज सुन्दैन्थे, त्यसैले पनि चर्को स्वरमा बोल्नै पथ्र्यो । अहिले त्यस्ता शक्ति पाखा लगाएर मुलुकलाई आर्थिक बिकासमा डोर्याउने अभिभारा आएको छ । अहिले कम बोल्ने, धेरै काम गर्ने बेला हो । म पनि त्यहीँ गरिरहेको छुँ । निर्वाचन आचारसंहिता देखि पदको मर्यादा ध्यान राखेको छु । अहिले जनताका पक्षमा काम गर्नु पर्ने भएकाले धेरै बोल्न पर्दैन । मैले गरेका काम सबैले देखेका छन् । त्यसैले रुपन्देही–३, मा आसाको सञ्चार भएको छ । नागरिक उत्साहित छन ।

    -रुपन्देहीको बिकासलाई कसरी अघि बढाउनुभएको  छ ?

    म मा हरेक चुुनौतीको समाना गर्दै जिम्मेवारी निर्वाह गर्ने क्षमता छ । सामान्य परिवारमा जन्मिएको र सधैं निरंकुशता बिरुद्ध लडेको इतिहाँस छ । मेरो जीवनको आधा समय राजनीतिक आन्दोलन र त्यसबाट भएका राजनीतिक उपलब्धी संस्थागत गर्दैमा बित्यो । व्यवस्था परिवर्तनमा लामो समय बित्यो । अब मतदाताको अवस्था परिवर्तन गर्ने बेला भएको छ । म त्यहीँ अभियानमा छुँ । मैले मेरो गृह जिल्ला रुपन्देहीको बिकासलाई प्राथमिकतामा राखेको छुँ । नेपाली कांग्रेसको सपना र योजना अनुसार रुपन्देहीमा ठूला ठूला बिकास योजना साकार भएका छन ।

    जिल्लाको समग्र बिकासको क्रममा शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, सिंचाई जस्ता क्षेत्रमा उल्लेख्य योजना पारेको छुँ । गफ दिएको होइन । दस्तावेज र कागज हेर्नु भए हुन्छ । मेरो प्रचार गर्ने बानी छैन । काम गर्ने बानी छ । रुपन्देहीको तिनाउ र दानवबाट नागरिक सुरक्षित तुल्याउन जनताको तटबन्धन, आउजाउ सहज तुल्याउन पुल निमार्ण, सोह्र–छत्तीस सिंचाई प्रणालीलाई पक्कि निमार्ण गर्न मैले बजेट छुटयाएको हुँ ।Ghanashyam bhusaal 30 kartik.jpg

    -तपाईंको पहलमा भएका बिकास योजना के–के हुन् ?

    रुपन्देहीमा मेरो र नेपाली कांग्रेसका अग्रज नेताहरुको पहलमा धेरै बिकास आयोजना लागू भएका छन् । ती मध्ये बेलहिया–बुटवल ब्यापारीक मार्ग, गौतमबुद्ध बिमानस्तललाई अन्तर्राष्ट्रिय बिमानस्थल बनाउने, मणिग्राम–देवदह–लुम्बिनी बुद्ध सर्किट मुख्य हुन ।

    मेरै पहलमा देवदह–मणिग्राम– लुम्बिनि– तिलौराकोट– गोरुसिंगें, बेलवास– बेथरी, तामनगर–फर्सटिकट हुँदै  बेथरी–मर्चवार सडक, भैरहवादेखि नवलपरासीको भूमही, केदली– सिसुवा, मुर्गिया –सूर्यपूरा, देवदह – मणिग्राम–फर्साटिकर –सूर्यपुरा –लुम्बिनी, छपिया– बेथरी सडक निर्माण एवम् स्तरोन्नती सम्भव भएका हुन् । सघंसस्था, मठमन्दिर, मस्जित निमार्णमा उनले थुुप्रै सहयोग पुुर्याएको छु । सहयोग गर्दा कुनै विभेद गरेको छैन । समानुपातिक ढंगले सहयोग वितरण गरेको छु । बजेट छुटयाएको छु । सामुदायिक भवनदेखि विद्यालय भवन निमार्णमा मैले ध्यान दिएको छ ।

    -रुपन्देही–३ तपाईंका लागि कसरी र किन लक्कि ?

    Ghanashyam bhusaal 30 kartik.jpg

    तपाईंले भने जस्तै रुपन्देही–३, मेरा लागि सधै ‘लक्की’ सावित हुँदै आएको छ । मलाई क्षेत्र मात्र होइन । समग्र जिल्लाबासीको साथ र समर्थन छ । क्षेत्र विभाजनका कारण मलाई कहिले कता–कहिले कता गरिरहनु परेको छ । तर, सबैले माया गर्दै आउनु भएको छ  । म जहाँ गए त्यहाँका मतदाताको मप्रति आशा, भरोसा, विश्वास पाउने गरेको छु ।

    यसपटक रुपन्देही–३, मा पति यस्तै माहोल छ । अहिले क्षेत्र एकजुट बनेको छ । सबैको एउटै आवाज बनेको छ । म रुपन्देही–३ बाटै तीन पटक प्रत्यक्ष निर्वाचन लडेर बिजयी भएको हुँ । यसपटक पनि रुपन्देही ३ बाटै उम्मेदवार बनेको छुँ । मेरा लागि रुपन्देही–३, लक्की हो । यसपटक पनि लक्की हुन्छु । अहिले देखिएको समर्थनबाट त्यो प्रष्ट छ ।

    –यसपाली तपाईंको निर्वाचन क्षेत्रको केन्द्र भैरहवा बन्यो नि ?

    यसपटक मेरो निर्वाचन क्षेत्रको केन्द्र सदरमुकाम भैरहवा बनेको छ । तर, मेरो निर्वाचन क्षेत्रमा रहेका सबै पालिका बिकास तर्फ लम्किरहेका छन् । पछिल्लो संसदीय कार्यकाल भैरहवालाई केन्द्रमा राखेर बताए । बिगत पाँच वर्षमा निर्वाचन क्षेत्रमा आयोजना गरिने सबैं कार्यक्रममा सहभागिता जनाए । अब सधैं भैरहवा केन्द्रित बनेर राजनीति गर्ने योजना रहेको छ । सदरमुकाम लक्षित गरेर ठूला बिकास योजना ल्याएको छु । भैरहवा र आसपास बिकसित गरिरहेको छुँ । आगामी दिन झन ठूला योजना ल्याउनेछु । भैरहवालाई अन्तर्राष्ट्रिय गजतमा स्थापित सहरमा परिणत गरेर देखाउने मेरो अठोट रहेको छ । भैरहवामा मात्र केन्द्रित हुने मेरो योजना होइन । बुुटवल, मणिग्रामसहित भित्री बस्तीलाई समेत गुल्जार पार्दै लैजाने हो । यसका लागि सबै स्थानीय तह र प्रदेश सरकारसित समन्वय गरेर अगाडि बढ्नेछु । ‘सिद्धार्थ चक्रपथ’लाई महत्वपूर्ण योजनाका रुपमा अगाडि सारेको छु । ब्यबस्थित सहरीकरण र अन्तर्राष्ट्रिय सहरहरु बाहिरी चक्रपथ निमार्णबाटै भएका छन् । त्यस्तै सिद्धार्थनगरलाई पनि ब्यबस्थित र अन्तर्राष्ट्रिय सहर बनाउन बाहिरी चक्रपथ आवश्यक ठानेको छु ।

    -पर्यटकीय बिकासका योजना के छन् ? 

    गौतमबुद्ध विमानस्थलाई कार्गो हब बनाउने, भैरहवालाई लुम्बिनी प्रदेशकै महत्वपूर्ण औद्योगिक, व्यापारिक एवम् पर्यटकीय केन्द्रका रूपमा विकास गर्ने मेरो लक्ष्य छ । वेलहियादेखि पोखरासम्मको सिद्धार्थ राजमार्गलाई स्तरोन्नति, बेलहियामा निर्माणाधीन ‘एकीकृत भन्सार चौकी (आईसीपी)’, विशेष आर्थिक क्षेत्र विद्युतीय सबस्टेसन निर्माण तथा व्यवस्थित सञ्चालनका लागि नीतिगत निर्णय, सिद्धार्थनगरभित्र रहेको कारागारलाई उचित ठाउँमा स्थान्तरण गरि त्यहाँ रहेका व्यक्तिहरूलाई सीपमूलक तालिमका साथै ध्यान, योगा, शारिरिक व्यवयाम जस्ता कार्यक्रमहरू सञ्चालन गर्ने, सिद्धार्थ नगरभित्रका अटोभिलेजलाई एकै ठाउँमा सुव्यवस्थित गर्ने योजना पनि मैले ल्याएको छुँ ।

    -अरु बिकास योजना के हुन ?

    Ghanashyam bhusaal 30 kartik.jpg

    सिद्धार्थ नगरभित्रको क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय खेल सञ्चालन गर्न सकिने किसिमले स्तरोन्नति गर्ने, भीम अस्पतालको स्तर वृद्धि गरि २४ घण्टे प्रयोगशाला सहितको सुविधासम्पन्न आइसियू, सिसियू तथा एनआईसीयू सेवा थप गर्ने मेरा योजना हुन ।

    भैरहवा बहुमुखी क्याम्पसमा पूर्वाधार थप गरी आधुनिक तथा गुणस्तरीय शिक्षा प्रदान गर्ने व्यवस्था मिलाउने, पक्लिहवामा रहेको कृषि क्याम्पसलाई भौतिक सुविधा सम्पन्न बनाइनेछ भने कृषि तथा पशु चिकित्सा शिक्षा दुवैमा सिट सङ्ख्या बृद्धि गर्न आवश्यक पहल गर्ने, पक्लिहवा कृषि क्याम्पस हाताभित्र सुविधासम्पन्न पशु अस्पताल निर्माण गरी यथाशिघ्र सञ्चालन गर्ने, डण्डा खोलामा कोरिडोर निर्माण गर्ने, भैरहवामा लुम्बिनी प्रदेशकै सबैभन्दा ठूलो ‘अन्न भण्डारण गृह’ निर्माण गर्ने, सिद्धार्थ नगरमा अत्याधुनिक चिस्यान गृह स्थापना गर्नुका साथै लुम्बिनी प्रदेशको भौगोलिक अवस्था र वातावरण सुहाउँदो विउ–बिजनहरू तयार गर्न अनुसन्धान केन्द्र सञ्चालन गर्न पहल गर्ने योजना बनाएको छु ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology