Logo बिहिवार, आश्विन १ गते २०८३
images

पर्वतको जलजला माइनडाँडामा जिप दुर्घटना,एक जनाको मृत्यु

पर्वतको जलजला माइनडाँडामा जिप दुर्घटना,एक जनाको मृत्यु

  • 1.1K
    SHARES

  • पर्वतको जलजला  माइनडाँडामा जिप दुर्घटना,एक जनाको मृत्यु

    पर्वत,मंसिर १ ।

    पर्वतको जलजला गाउँपालिका-३ माइनडाँडामा बुधबार साँझ जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। 

    दुर्घटनामा ११ जना घाइते भएका छन्। वारीबेनीदेखि मल्लाज जाँदै गरेको ग१ज ५२९६ नम्बरको जिप दुर्घटनामा गम्भीर घाइते भएका तीन जनालाई पोखरा रिफर गरिएको र आठ जनाको म्याग्दीको बेनी अस्पतालमा उपचार भइरहेको छ। 

    दुर्घटनामा परी जिपका चालक पर्वतको जलजला गाउँपालिका–२ का ३७ वर्षीय डम्मरबहादुर नेपालीको उपचारको क्रममा बेनी अस्पतालमा मृत्यु भएको प्रहरी निरीक्षक प्रकाश राउतले जानकारी दिनुभयो। गम्भीर घाइते भएका उमेर नखुलेकी सिर्जना परियार, वर्ष १५ का आशिस नेपाली र वर्ष ३० का सुमन नेपालीलाई पोखरा पठाइएको छ।  

    घाइते सबैको बेनी अस्पतालमा उपचार भइरहेको छ। जिपमा सवार सबैजना जलजला गाउँपालिका-२ का बासिन्दा हुन्। जिप उकालो सडकबाट करिब एक सय ५० मिटर तल पाखोमा खसेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक राउतले जानकारी दिनुभयो। रासस 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology