भैरहवा, भदौ १७ ।
कपिलवस्तुकी एक कोरोना संक्रमित महिलाको कोरोना विषेश अस्थायी अस्पताल बुटवलमा मृत्यु भएको छ । कपिलवस्तु नगरपालिका वडा नंं. ११ की ६० वर्षीया महिलाको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।
कोरोना पोजेटिभ देखिएपछि भदौ ७ गते अस्पताल भर्ना भएकी उनको सोही दिनदेखि आइसियूमा राखेर उपचार भइरहेकोमा बुधबार बिहान ९ः१५ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।
संक्रमित महिलामा उच्च रक्तचापलगायत दीर्घ रोग रहेको र संक्रमणपछि ज्वरो आउनुका साथै श्वासप्रश्वासमा पनि समस्या देखिएको थियाे ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)