बुटवल,कार्तिक ३० ।
गृहमन्त्री बालकृष्ण खाँणले लुम्बिनी प्रदेशको स्थायी राजधानी रुपन्देहीको बुटवलमै कायम रहने दाबी गरेका छन् ।
उनले स्थायी राजधानी तोकिएको क्षेत्र दाङमा राजधानी लैजाँदा नेपाल सरकारको खर्बौं रकम लगाउनुपर्ने भएकाले उक्त निर्णय सच्चाउनुपर्ने बताए । बुटवलमा बुधबार आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री खाँणले राजधानी तोक्ने अधिकार प्रदेशसभाको भएकाले त्यसलाई परिक्षण गर्ने र सच्याउने काम पनि प्रदेशबाटै गर्न आग्रह गरे ।
गृहमन्त्री खाँणले प्रधानमन्त्री शेरबहादुर देउवाको पालामा बुटवलमा आफ्नो अगुवाइमा अस्थायी राजधानी स्थापना गरेको स्मरण गरेका थिए । उनले भौतिक पूर्वाधार विकास, केन्द्र र हवाइ संजालको सुगमताका कारण राजधानी बुटवलमा राख्ने मात्र होइन सेनाको प्रदेश मुख्यालय पनि स्थापना गरेको भन्दै पूर्वाधार नै नभएको स्थानमा लगेको राजधानीबारे पुर्नविचार हुने दाबी गरे ।
गृहमन्त्री खाँणले प्रदेश सरकारले हतारिएर चुनावको मुखमा यहाँका सामान लोड लगेर दाङ लैजान हतार गरेको भन्दै असन्तुष्टि पोखे । सहमति बिना राजधानी सारिए बाटोबाटै फर्काउने समेत उनले चेतावनी दिए । आफ्नो क्षेत्रको राजधानी अन्यत्र बुझाउने नेताहरू नै पुन चुनावी मैदानमा आउनु अस्वभाविक भएको उनको भनाइ थियो ।गृहमन्त्री खाँणले देशको मध्यभागमा रहेको रुपन्देही विकासको ठूलो सम्भावनाको बोकेको जिल्ला भएको भन्दै विकासको आधार खडा गर्न दलहरू मिलेर अगाडि बढ्नुपर्ने बताए ।
बोल्दै प्रतिनिधि सभा सदस्य उम्मेद्वार थापाले रुपन्देही २ ले परिवर्तन खोजेको बताउँदै बिकासको लागि गठबन्धनका उम्मेद्वारलाई बिजयी बनाउन आग्रह गरे ।
प्रदेशसभा २ एक का उम्मेद्वार केसीले कांग्रेस नेतृत्वको गठबन्धनले संविधानको रक्षाको साथै समग्र देशकै बिकासका कामहरु गर्ने बताउँदै सो क्षेत्रमा रहेका समस्या समाधानमा आफुले नियमित काम गर्ने बताए ।
त्यस्तै क्षेत्र नं २ दुइबाट प्रदेश सभा सदस्य पदका उम्मेद्वार बामदेव क्षेत्रीले आफूहरुले जिते विद्यमान सुकुम्बासी समस्या समाधान गर्ने प्रतिवद्धता व्यक्त गरे
एमालेले झुटो प्रचार गरेको भन्दै एमालेका नेताहरु बुटवलमा एउटा कुरा र दाङमा अर्कै कुरा गरेर जनतालाइ झुक्काएको बताए ।
उनले वर्तमान सरकारले सुकुम्बासी समस्या समाधानको लागि आफ्नो काम अगाडि बढाएको बताउँदै त्यसलाई पूर्णता दिनको लागि पनि गठबन्धनकै सरकार आवश्यक रहेको भनाई राखे ।
समाजबादी नेता राजु गुरुङले एमाले उपाध्यक्ष बिष्णु पाैडेलले राजधानीसित अर्थमन्त्री साटेको र बालुवाटारमा भ्रष्ट्रचार गरेको आराेप लगाउदै अहिले फेरि भाेट माग्दै हिड्नु गैर राजनीतिक चरित्र भएको दाबि गरे ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)