गुल्मी, कात्तिक ३० ।
नेपाली कांग्रेसका नेता डा.चन्द्र भण्डारीले अब नेपाली जनतालाई ढाट्ने र छल गर्ने दिनहरुको अन्त्य भएको बताउनु भएको छ । संयुक्त गठबन्धनको महिला तथा युवा भेलालाई छत्रकोटमा संबोधन गर्दै नेता भण्डारीले झुट बोल्ने नेताहरुलाई अब सम्मानजनक बिदाई गर्नुपर्ने समय आएको बताउनु भयो ।
आफुले जित्दा काम नगर्ने नेताले आफुले जिल्लामा बनाएका पुल खोई भन्दै प्रश्न गरेको भन्दै नेता भण्डारीले पुल हेर्न रिडी, पुलका मुख, खैरेनी, उर्र्ली खोला, चोरकाटे, सिस्ने हुँदै वामिटक्सार पुग्नुपर्ने बताउनु भयो । उहाँले हेलिकप्टर चढेर जिल्ला आउने नेताले पुल नदेख्नु स्वभाबिक रहेको भन्दै भण्डारीले ज्ञवाली माथि प्रश्न गर्नु भएको छ ।
“म कसैको बिरोध गरेर मत माग्ने पक्षमा छैन तर साथीले पुल खोई भन्नुभएछ, कृपया बडिघाट र रिडी खोलाको तिरैतिर गाडिमा यात्रा गर्नुहोला प्रत्येक किलोमिटरमा देखिने पुल मेरै पहलमा बनेका हुन, हेलिकप्टर बाट यात्रा गर्दा नदेखिनु स्वभाबिक हो“ डा. चन्द्र भण्डारीले भन्नु भयो । “म आफू नेता बन्न कहिल्यै खोजिन, म सधै जनताको साथी हुँ, सधै जनताको सुखदुःखको साथी बन्ने नै मेरो लक्ष्य हो” गुल्मी प्रतिनिधिसभा क्षेत्र नं १ का लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार डा. भण्डारीले भन्नु भयो ।
नेता चुनाव जितेर जाने, उस्का अग्ला अग्ला घर बन्ने तर जनताको अवस्था सधै जहाँको तहिं हुने कुराले देश बिकास नभएको तर्क गर्नु भयो । नेता भण्डारीले अब जनता समृद्ध बन्नेगरी जनप्रतिनिधि ईमान्दार हुनुपर्ने र त्यो ईमान्दारिता आफु र लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारसँग रहेको तर्क गर्नु भयो । जिल्लामा उत्पादित कृषि उपजलाई कोल्डस्टोरको व्यवस्था मात्रै गर्न सके किसानले मूल्य बढेको बेला उत्पादन बिक्रि गर्न सक्ने भन्दै नेता भण्डारीले त्यस्का निम्ति आफुले काम गर्ने बताउनु भयो ।
कार्यक्रममा गुल्मी क्षेत्र १ प्रदेशसभा ख का उम्मेदवार धनेन्द्र कार्कीले आफु प्रदेश सरकार र गुल्मेली जनता बिच पुलको काम गर्ने बताउँदै बिकासको अभावमा शरमा बसाइँसराइ गर्नुपर्ने दिनको अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)