बुटवल,कार्तिक ३० ।
लियो क्लब अफ बुटवल गोल्डेन जुब्लीको आयोजना र संयोग फार्मेसी एण्ड प्रयोगशालाको सहकार्यमा,विश्व मधुमेह निवारण दिवसको अवसरमा एक दिने नि:शुल्क रक्तचाप र मधुमेह परिक्षण कार्यक्रम आयोजना गरिएको छ ।
क्लबका अध्यक्ष सुनिल कुंवरको अध्यक्षता, लियो जिल्ला परिषद ३२५ पि नेपाल एरिया १ कासचीव एवं क्लबका संस्थापक अध्यक्ष भेषराज पोख्रेलको प्रमुख आतिथ्यतामा संचालित उक्त कार्यक्रममा बुटवल ११ का करिब १६९ जनाले नि:शुल्क मधुमेहपरिक्षण गरेका थिए ।
बुटवल ११ बुद्धनगरमा अवस्थित संयोग फार्मेसीका चिकित्सकहरुले बिरामीहरुको रक्तचाप, मधुमेह तथा स्वास्थ्य परिक्षण गरि आवस्यक सल्लाह सुझाव प्रदानगरेका थिए ।
कार्यक्रमको संयोजन लियो महेश ज्ञवालिले गरेका थिए भने औपचारिक कार्यक्रमको संचालन क्लबका सचीव लियो नारायण पोख्रेलले गरेका थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)