पाल्पा,कार्तिक ३० ।
नेकपा एमाले पाल्पा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार ठाकुर गैरेले काम नगरी झुटा प्रचार प्रसार गर्ने व्यक्ति बाट सचेत बन्न मतदाता संग अनुरोध गर्नुभएको छ ।
मंगलवार बगनासकाली गाउँपालिका वडा नं. ५ दर्लमडाँडा र वडा नं. ६ यम्घाका बिभिन्न टोलहरुमा घरदैलो गर्दै एमाले उम्मेदवार गैरेले निर्वाचन जितेपछी काठमाडौमा बस्ने, चुनाव आएपछी गाउँमा आउने र सबै कुरा मैले मात्र गरेको हो भनी झुटो प्रचार गी जनता लाई झुक्काउने उम्मेदवार बाट सचेत हुन मतदाता संग अनुरोध गर्नुभयो ।
उम्मेदवार गैरेले आफुले ३२ बर्ष सम्म पाटीको राजनिति मात्र गरेको र पहिलो पटक संसदीय निर्वाचनमा जनताको माग अनुसार उम्मेदवार भएकोले सेवागर्ने मौकादिन बगनासकालीबासी संग अनुरोध गर्नुभयो । उम्मेदवार गैरेले बगनासकालीगाउँपालिकाभित्रका सबै वडा र टोलहरुका समस्याहरुलाई टिपोट गरेको र आगामी ५ वर्षभित्रक्रमशःजनताकाआवश्यकताहरुलाई पूरा गर्दै जाने बताउनुभयो ।
यहाँको शिक्षा, स्वास्थ्य, कृषि, पशुपालनको क्षेत्रमाअझ धेरै कामगर्न बाँकी रहेको र ग्रामीण क्षेत्रलाई उत्पादनमुलकबनाउँदै बढ्दो बसाइसराई न्युनीकरणको लागिआफूले ठोस पहलगर्ने उम्मेदवार गैरेले बताउनुभयो ।
यस्तै नेकपा एमाले पाल्पा क्षेत्र नं २ ( १ )का प्रदेशसभा सदस्य उम्मेदवार परशुराम भट्टराईले आफू निर्वाचित भएपछि जनताको मर्म र भावना अनुसार काम गर्ने बताउनुभएको छ । बगनासकाली गाउँपालिका वडा नं. ५ दर्लमडाँडा र वडा नं. ६ यम्घाका मतदाताहरुसँगको भेटघाट तथा घरदैलोको क्रममा उम्मेदवार भट्टराईले आफ्नो जीवनको उर्जाशिल समय नै सामाजिक राजनीतिक क्षेत्रमा बिताएको उल्लेख गर्दै आफु सेवक बनेर काम गर्ने बताउनुभयो ।
निर्वाचित भए पछि आफ्नो निर्वाचन क्षेत्र सहित समग्र पाल्पाको गरिमालाई अझै उचों बनाउने गरी काम गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो । यहाँको खानेपानी समस्यालाई दीगो रुपमा समाधानगर्ने र उपभोक्ताको धारामा दैनिक खानेपानी उपलब्ध हुने र पानी लिनकै लागिखोला खोला पधेरामा जाने समस्याको समाधानमा आफ्नो पहिलो प्राथमिकता रहने एमाले उम्मेदवार भट्टराईले बताउनु भयो ।
यस्तैगरी नेकपा एमाले पाल्पा क्षेत्र नंं. २ प्रदेश २ का नेकपा एमालेका उम्मेदवार ओमबहादुर घर्तीमगरले रैनादेवी छहरा गाँउपालिकाको जुठापौवा र बल्ढेंङगढी क्षेत्रको विकासमा आफ्नो पहल रहने बताउनुभएको छ ।
उम्मेदवार घर्तिले जुठापौवा र बल्ढेंङगढी क्षेत्रको सडक पूर्वाधार कमजोर हुदाँ जनताले धेरै सास्ती खेप्नुपरेको बताउदै आफु यो विषयमा चिन्तित भएको बताउनुभयो ।
उम्मेदवार घर्तिले आफु निर्वाचन भपछि पहिलो प्राथमिकता सडकको स्तरउन्नति रहने बताउनुभयो । उम्मेदवार घर्तिले कृषि, पशुपालन र युवा स्रोजगारका क्षेत्रका आवश्यक परियोजना सञ्चालन गर्ने बताउनुभयो ।
उम्मेदवार घर्तीमगरले बिजुली बत्ति र सञ्चार क्षेत्रको विकासका लागि जनतासंगै रहेर पहल गर्ने बताउनुभयो । यस क्षेत्रको विकासका लागि आफ्नो अनुभव र योजना विशेषखालको रहेकोले कार्यान्वयनका लागि सूर्य चिन्हमा मतदान गरी नेकपा एमालेलाई विजयी गराइ काम गर्ने अवसर दिन मतदाता संग आग्रह गर्नुभयो ।
नेकपा एमाले पाल्पा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नारायणप्रसाद आचार्यले आफू निर्वाचित भएपछि जनताको हितमा काम गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।
पूर्वखोला गाउँपालिका–४ देवीनगरका विभिन्न ठाउँमा घरदैलो कार्यमक्रममा उम्मेदवार आचार्यले जनताको आवश्यकता र मागअनुसार काम गर्ने बताउनुभयो । आफू निर्वाचित भएलगत्तै पहिलो काम हुमिन–देवीनगर–जल्पा–बहादुरपुर सडकखण्ड कालोपत्रे गर्ने अन्य सडकहरूको स्तरोन्नति गर्ने बताउनुभयो ।
एक घर एक धारा कार्यक्रमअन्तर्गत देवीनगर क्षेत्रका सबै घरमा पानीका धारा पु¥याउने, कृषिलाई व्यावसायिकरण गर्ने, युवालाई स्वरोजगार बनाउन उद्यमशील कार्यक्रम सञ्चालन गर्ने एमाले उम्मेदवार आचार्यले बताउनुभयो । गुणस्तरीय शिक्षाका लागि विशेष कार्यक्रमका लागि पहल गर्ने उहाँले बताउनुभयो । यस क्षेत्रको विकास गर्ने एमाले पार्टी हो, आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा अमूल्य मत दिएर सूर्य ध्वजाबाहक चिन्हमा मतदान गरी विजयी गराउने आचार्यले अपिल गर्नुभयो ।
यस्तै नेकपा एमाले पाल्पा क्षेत्र नंं १ प्रदेश २ का प्रदेश सभा उम्मेदवार खेम बहादुर सारुले आफ्नो जित सुनिश्चित रहेकोले मंसिर ४ गते कुरिरहेको बताउनु भएको छ । पुर्वखोला गाउँपालिका वडा नं ४ देवीनगरका मतदाता संग भेटघाटको क्रममा उम्मेदवार सारुले एमालेको जित सुनिश्चित भईसकेकोले गाउँका सबै खाले योजना निर्वाचित भएरपछी कार्यान्वयन गर्ने बताउनु भयो । देवीनगरको कोईला खानी लाई स्थानीय जनता लाई बढी आय आर्जन हुने गरी व्यबस्थापन गर्ने, अपुरा लिफ्ट खाने योजना पुरा गर्ने, कृषि उपज संकलन केन्द्र तथा कृषि सडक निर्माणमा पहल गर्ने, एक घर एक धारा योजना कार्यान्वयन गर्नै एमाले उम्मेदवार सारुले बताउनु भयो ।
१८ वटा वडा रहेको प्रदेशसभा २ मा स्थानीय निर्वाचन २०७९ मा एमालेले १३ वटा र काग्रेसले ५ वटा वडामा विजय हासिल गरेको छ । प्राप्त मतको आधारमा एमालेले १५ हजार ८ सय ४०, काग्रेसले १२ हजार २ सय ५९, माओवादी केन्द्रले १ हजार १ सय २९ मत पाएका थिए । स्थानीयतहको निर्वाचनमा गठवन्धनको १३ हजार ३ सय ८८ मत देखिन्छ । यो अवस्थामा एमाले २ हजार ४ सय ५२ मतले गएको स्थानीय निर्वाचन अगााडी देखिन्छ । स्थानीय निर्वाचनको परिणाम अनुसार आफ्नो जित सुनिश्चित रहेकोले उम्मेदवा सारुले दावी गरेका छन ।
क्षेत्र नं. १ प्रदेशसभा १ का उम्मेदवार राजुप्रसाद श्रेष्ठले रामपुरको विभिन्न वडामा पुगेर मतदाता भेटघाट गर्नुभएको छ । उहाँले नेकपा एमाललेले अगाडि सारेको विकासका एजेण्डा बारे जानकारी गराउदै समग्र रामपुरको विकासमा आफु लामो समय देखि क्रियाशील रहेको बताउनुभयो । उम्मेदवार श्रेष्ठले यस क्षेत्रमा कृषिको आधुनिकीकरण,बजार व्यवस्थापनका साथै युवा स्वरोजगारका क्षेत्रका काम गर्ने बताउनुभयो । उहाँले धार्मिक पर्यटनको विकासका लागि गूरु योजना बनार अगाडि बढ्ने समेत प्रतिबद्धता व्यक्त गर्नुभयो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)