Logo मंगलवार, श्रावण १२ गते २०८३
images

तरुण दलअध्यक्ष गुरुङको आराेप -‘एमाले पार्टी केपि ओली प्रालिमा परिणत भैसक्यो’

तरुण दलअध्यक्ष गुरुङको आराेप -‘एमाले पार्टी केपि ओली प्रालिमा परिणत भैसक्यो’

  • 1.8K
    SHARES

  • तरुण दलअध्यक्ष गुरुङको आराेप -‘एमाले पार्टी केपि ओली प्रालिमा परिणत भैसक्यो’

    पर्वत,कार्तिक २९ ।

    नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले एमाले पार्टी केपि ओलि प्राइभेट लिमा परिणत भैसकेको दाबी गर्नुभएको छ ।पर्वतको जलजलामा बृहत् तरुण भेलालाइ सम्बोधन गर्दै उहाँले नेतृत्वको गलत कार्यको आवाज उठाउदै गर्दा आज भिम रावल ,घनश्याम भुसालजस्तो आफ्ना नेताहरुलाई बहिस्कार गर्ने ओलिले तीन करोड जनताको भावनालाइ समेट्न नसक्ने  बताउनुभयो ।

    आफ्नो निरंकुशतन्त्र लाद्ने ओलिले पटक पटक संसद बिघटन गर्दै महाराजा बन्ने सपनामा देशलाइ अनिर्णयको बन्दी बनाएको आरोप अध्यक्ष गुरुङले लगाउनुभयो ।

    ओलिको कार्यमा उनका नेताहरुले यो कार्य गलत हो भनी भन्दै गर्दा पर्वतको प्रतिनिधीको रुपमा निर्वाचित भएका पदम गिरिले सांसद भएपछी संसदमा चर्को भाषण गर्ने तर गाउमा सिन्को नभाचेको कुरा बताउदै अव पर्वतको बिकासको लागि बाम लोकतान्त्रिक गठवन्धनलाई अत्यधिक बहुमतले जिताउनु पर्ने आवस्यकता रहेको कुरा बताउनुभयो ।

    नेपाल तरुण दल अध्यक्ष गुरुङले पार्टी भित्र केही असन्तुष्टि रहेतापनी यो पाली बाम लोकतान्त्रिक गठवन्धन  जिताउन  इतिहास रच्न भुमिका नखेले यो क्षेत्र बाट मात्र हैन यो देशैबाट तेस्ता ब्यक्ती हरु बडारिने कुरा बताउनुभयो ।

    माओवादी अध्यक्ष प्रचण्ड र समाजवादी को अध्यक्ष माधव कुमार नेपाललाई धन्यवाद दिदै अध्यक्ष गुरुङ्ले लोकतन्त्र जोगाउन यो गठवन्धन बनेको बताउनुभयो र जलजलाको तरुणहरुलाइ पर्वतमा संघमा नेपाली काङ्ग्रेसको अर्जुन जोशी प्रदेश सभा  कमा माओवादीको सुदिप कुवर र प्रदेश सभा ख मा नेपाली काङ्ग्रेसको रिषिकेश तिवारीलाई र समानुपातिकमा रुख चिन्हमा नेपाली काङ्ग्रेसलाई जिताउन परिचालित हुन निर्देशन दिनुभयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology