काठमाडौं,कार्तिक २९ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले आफ्नो सरकारका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्थामन्त्री कुमार खड्कालाई बर्खास्त गरेका छन् ।
आफ्नो पार्टीका उम्मेदवारलाई असहयोग गरेको आरोपमा मुख्यमन्त्री पोखरेलले उनलाई आज ९मंगलबार० बर्खास्त गरेका हुन् ।
मुख्यमन्त्री पोखरेलको यो दोस्रो एक्शन हो । यसअघि उनले ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री हरिशरण आचार्यलाई पनि बर्खास्त गरेका थिए ।
आचार्यमाथि पनि सत्ता गठबन्धनका उम्मेदवार हराउन भूमिका खेलेको आरोप थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)