बुटवल,कार्तिक २९ ।
लुम्बिनी प्रदेशका पूर्व मन्त्री तथा रुपन्देही १(२) बाट प्रदेशसभा सदस्यका उम्मेदवार भोजप्रसाद श्रेष्ठले काँग्रेस नेता कार्यकर्ताहरुलाई आफ्नो मत खेर नफाल्न सुझाव दिनुभएको छ ।
आफ्नो निर्वाचन क्षेत्रमा काँग्रेसको तर्फबाट उम्मेदवार नभएकाले मत खेर नफाल्न सुझाव दिँदै उहाले काँग्रेसमै रहे पनि सूर्यमा मतदान गर्न आग्रह गर्नुभएको हो ।
कतिपय अवस्थामा नेकपा एमाले र नेपाली काँग्रेस सँगसँगै लोकतन्त्र प्राप्तिका लागि लडेको स्मरण गराउँदै उहाले आफ्नो मत खेर नफाल्नका लागि सूर्यमा मतदान गर्न आग्रह गर्नुभयो ।
आगामी मंसिर-४ को निर्वाचनका लागि घरदैलो तथा जनतासँग भेटघाटमा बोल्दै श्रेष्ठले विगतमा भएका कमजोरीहरुलाई समेत सुधार गरेर एमाले अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
मुलुकको समृद्धि र परिवर्तनको नेतृत्व एमालेबाटै सम्भव रहेको बताउँदै उहाले मंसिर ४ मा एमाले छनोट गर्न मतदातालाई आग्रह गर्नुभयो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)