Logo बिहिवार, आश्विन १ गते २०८३
images

लोकतान्त्रिक गठबन्धनलाई बहुमत दिनुस् : प्रधानमन्त्री देउवा

लोकतान्त्रिक गठबन्धनलाई बहुमत दिनुस् : प्रधानमन्त्री देउवा

  • 1.4K
    SHARES

  • लोकतान्त्रिक गठबन्धनलाई बहुमत दिनुस् : प्रधानमन्त्री देउवा

    पश्चिम नवलपरासी,कार्तिक २९ ।

    प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनताले दिएको अभिमत पूर्णरुपमा पालना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले लोकतान्त्रिक गठबन्धनलाई बहुमतले विजयी गराएर लोकतन्त्र र संविधानको रक्षा गर्न समेत आग्रह गरे।

    पश्चिम नवलपरासीको क्षेत्र नं १ मा लोकतान्त्रिक वाम गठबन्धनले आज आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले लोकतन्त्र र संविधानको रक्षा गर्न गठबन्धनले निर्वाचनमा विजय हासिल गर्न आवश्यक भएको बताए।

    पश्चिम नवलपरासी–१ मा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका विनोद चौधरी उम्मेदवार छन्। देउवाले चौधरीलाई यस क्षेत्रबाट विजयी गराउन आग्रह गर्दै चौधरीको विजयले यस क्षेत्रको समस्या समाधान हुने आश्वासन दिए।

    sher-bahadur-prachand_20221115154412.jpgचुनावी सभामा बोल्दै माओवादी केन्द्रकाअध्यक्ष प्रचण्डले आगामी मंसीर ४ गतेको चुनाव पाण्डव र कौरबबीचको महाभारत युद्ध जस्तै भएकाले जनताले पाण्डवहरुको पक्षमामतदानगर्न आग्रह गरे । 

    ‘मंसीर ४ माजनताले कौरब र पाण्डव मध्ये एक रोज्नुपर्ने अवस्था छ ।जनताको अभिमतको अवमुल्यनगर्ने कौरवहरुको पराजयनिश्चित छ ।’ उनले भने, ‘मतदाताले लोकतान्त्रिकबाम गठबन्धनको पाचं पाण्डवहरुका उम्मेदवारलाई विजय गराउने छन् । ’

    कार्यक्रममाबोल्दै प्रचण्डले बिनोद चौधरीको बिजय यो क्षेत्रको बिकासको कोषेढुङ्गा सावितहुने बताए। चौधरीको उम्मेद्बारी तपाईं आममतदाताको सुनिश्चितभविष्यहो बिजय गराउनुहोस अरु हामिले गर्छौ उनले भने।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology