Logo मंगलवार, श्रावण १२ गते २०८३
images

पत्रकार रामकृष्ण भण्डारी ल्याए २८ वटा सरकारको नालीबेलीसहित ‘सत्ता संघर्ष’

पत्रकार रामकृष्ण भण्डारी ल्याए २८ वटा सरकारको नालीबेलीसहित ‘सत्ता संघर्ष’

  • 3.0K
    SHARES

  • पत्रकार रामकृष्ण भण्डारी ल्याए  २८ वटा सरकारको नालीबेलीसहित ‘सत्ता संघर्ष’

    बुटवल,कार्तिक २९ ।

    पत्रकार रामकृष्ण भण्डारीको कृति ‘सत्ता संघर्ष’ प्रकाशित भएको छ। २०४८ सालको निर्वाचनदेखि ०७८ सालसम्म ३० वर्षको अवधिमा बनेका २८ सरकारको नालीबेली समेटिएको पुस्तक सांग्रिला बुक्सले बजारमा ल्याएको हो। 

    पुस्तकमा पत्रकार भण्डारीले २८ सरकारका प्रधानमन्त्रीलगायत महत्वपूर्ण राजनीतिक व्यक्तिसँग विभिन्न घटनाक्रमलाई लिएर प्रत्यक्ष कुराकानी गरेर प्राथमिक स्रोतलाई महत्व दिएका छन्।

    रोचक र तथ्यपरक शैलीमा लेखिएको यो पुस्तक नेता, राजनीतिशास्त्रका विद्यार्थी, अध्ययन–अनुसन्धानकर्ता, पत्रकार तथा आमपाठकसमेतलाई नेपालको सरकार गठन, विग्रह र सञ्चालन बुझ्ने ह्यान्डबुक हुने अपेक्षा गरिएको छ।

    पुस्तकमा प्रस्तुत दृष्टान्तहरुले पुस्तकलाई पठनीय मात्र बनाएको छैन, दल तथा तिनका नेताको सत्तामोहमा घनीभूत विमर्श हुनुपर्ने आवश्यकता पनि पहिल्याएको छ।

    पुस्तकले प्रजातन्त्र पुनर्बहालीका लागि ज्यानको बाजी लगाएका दलहरू तथा तिनका नेतृत्व अन्ततः कसरी सत्तामा पुग्न र टिक्न मात्र लागिपरे भनेर समकालीन समयलाई फर्केर हेर्न प्रशस्त खुराक पस्केको छ।

    कृतिले नेपालको राजनीतिलाई छर्लङ्ग पार्ने कोशिष गरेको लेखक भण्डारी बताउँछन् । गुल्मीको हुँगामा जन्मिएका भण्डारी हाल पत्रकारिताको दाैरानमा काठमाडाैँमा क्रियाशिल छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology