Logo मंगलवार, श्रावण १२ गते २०८३
images

राेेल्पामा अमरसिंह पुनले भने- ‘अहिलेलाई तपाईं माओवादी,तपाईं नै कांग्रेस हो ’

राेेल्पामा अमरसिंह पुनले भने- ‘अहिलेलाई तपाईं माओवादी,तपाईं नै कांग्रेस हो ’

  • 1.7K
    SHARES

  • राेेल्पामा अमरसिंह पुनले भने- ‘अहिलेलाई तपाईं माओवादी,तपाईं नै कांग्रेस हो ’

    रोल्पा,कार्तिक २९ ।

    नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति एवं बाम लोकतान्त्रिक गठबन्धन रोल्पा क्षेत्र नं.२ (२) का प्रदेश सभाका प्रत्यक्ष साँझा उम्मेदवार अमरसिंह पुनले परिवर्तनकारी शक्तिहरुको गठबन्धन भएको बताएका छन् ।

    निर्वाचन परिचालन समिति त्रिणेवी गाउँपालिका–२ त्रिवेणी रोल्पाले आयोजना गरेको मतदाताहरुसँग भेटघाट कार्यक्रमको प्रमुख अतिथीको रूपमा बोल्दै पुनले सो कुरा बताएका हुन् । रोल्पाबाट धेरै संघर्ष र दुख पाएका परिवर्तनकारी शक्तिहरु एक भएको उनको भनाई छ । देशलाई अग्रगमन तिर लग्नुको साटो प्रतिगमन तिर लैजाने शक्ति विरुद्ध आफूहरू एक ठाउँमा उभिएको उनले दावी गरे ।

    ‘मैले पनि रोल्पामा दुख भोगेको हुँ भारत जाने भनेर नाका पुगेको थिए । मलाई सोध्यो घर कहाँ हो भन्दा मैले रोल्पा भने त पनि माओवादी त होलास भनेर नेपाली सेनाले पिटेको थियो ।’ उनले भने, ‘हिजोको त्यो दिन सम्झदा आज जस्तै लाग्छ । हामी देशको परिवर्तनकारी शक्ति हौँ । हामी संविधानको रक्षाका लागि हो, राजनीतिक स्थायीत्वका लागि हो, रोल्पाको विकास र समृद्धिकालागि हाम्रो गठबन्धन हो । तपाईं माओवादी हो तपाईं नै कांग्रेस हो ।’

    आफूहरूले पाँच बर्षको लागि मात्र नभएर दसबर्ष पछी सम्मनै गठबन्धन हुने बताए । मङ्सिर ४ मा हुने निर्वाचनमा ढुक्कसँग आफ्नो मतदान केन्द्रमा गएर आफ्नो अमुल्य मत दिएर बाम लोकतान्त्रिक गठबन्धनलाई बिजय गराउन पुनले सबै मतदाता समक्ष अपिल गरेका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology