Logo मंगलवार, श्रावण १२ गते २०८३
images

राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीको उम्मेदवारी कायम रहने

राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीको उम्मेदवारी कायम रहने

  • 2.2K
    SHARES

  • राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीको उम्मेदवारी कायम रहने

    बुटवल,कात्तिक २८ ।

    राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी कायम हुने भएको छ । उनी ललितपुर–३ बाट उम्मेदवार छिन् ।

    सोमबार न्यायाधीशहरु ईश्वरप्राद खतिवडा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले यसअघि न्यायाधीश कुमार चुडालको इजलासले दिएको अन्तरिम आदेशलाई नै निरन्तरता दिएको छ ।

    निर्वाचन आयोगले लाभको पदमा रहेको भन्दै तोसिमाको उम्मेदवारी खारेज गरिदिएपछि तोसिमाले दिएको निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश चुडालको इजलासले आयोगको निर्णय कार्यान्वयन गर्न अन्तरिम आदेश दिएको थियो ।

    उक्त अन्तरिम आदेश खारेजीको माग गर्दै निर्वाचन आयोगका सचिव गोकर्णमणि दवाडीले सर्वोच्च अदालतमा भ्याकेट दिएका थिए । सो निवेदनमाथि सोमबार सुनुवाइ गर्दै न्यायाधीश खतिवडा र श्रेष्ठको इजलासले पनि तोसिमा लाभको पदमा रहेको मान्न नमिल्ने ठहर गरेको हो ।

    निर्वाचन आयोगले तोसिमा नेपाल मेडिकल काउन्सिलको सदस्य रहेको र उनले सरकारी कोषबाट बैठक भत्ता बुझ्ने हुनाले उनको पद लाभको पद किटान गरी उम्मेदवारी खारेज हुने निर्णय गरेको थियो । अब आयोगको उक्त निर्णय कार्यान्वयन नहुने भएको छ तोसिमाको उम्मेदवारी कायम रहेको छ ।

    सर्वोच्चको आदेश :Toshima-karki-1-1.jpg

    Toshima-karki-4.jpg

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology