Logo शुक्रवार, श्रावण १५ गते २०८३
images

शान्ति नमुनामा कक्षा ११ मा भर्ना भएका १ हजार १ सय विद्यार्थीहरुलाई स्वागत

शान्ति नमुनामा कक्षा ११ मा भर्ना भएका १ हजार १ सय विद्यार्थीहरुलाई स्वागत

  • 2.1K
    SHARES

  • शान्ति नमुनामा कक्षा ११ मा भर्ना भएका १ हजार १ सय विद्यार्थीहरुलाई स्वागत

    तिलोत्तमा, भदौ २७ ।

    रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा ११ का विद्यार्थीहरुलाई स्वागत कार्यक्रम गरिएको छ ।

    कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुद्वारा आयोजित कार्यक्रममा यस बर्ष कक्षा ११ मा भर्ना भएका करीव ११ सय विद्यार्थीहरुलाई स्वागत गरिएको थियो ।  उनीहरुलाई कक्षा १२ का करीव ९ सय विद्यार्थीहरुले खादा र टीका लगाएर सम्मान गरेका  थिए ।

    कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक कुल प्रसाद लामिछानेले विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालयको सिंगो टिम प्रतिवद्ध रहेको भन्दै विद्यार्थीहरुलाई शैक्षिक सफलताको शुभकामना दिनुभएको थियो । 

    कार्यक्रममा कक्षा १२ उत्तीर्ण गरी विभिन्न क्याम्पसमा छात्रवृत्तिमा नाम निकाल्न सफल भएका विद्यार्थीहरुलाई सम्मान गरिएको थियो । त्यस्तै प्रथम त्रैमासिक तथा मासिक परीक्षामा उत्कृष्ट स्थान प्राप्त गर्ने विद्याथीहरुलाई नगद सहित पुरस्कृत गरिएको कक्षा ११ र १२ का संयोजक राजेन्द्र के.सी.ले बताउनुभयो ।

    सोही अवसरमा विद्यार्थीहरुले नृत्य, गायन तथा अभिनय कलाका विभिन्न कार्यक्रम समेत प्रस्तुत गरेका थिए । कक्षा १२ का विद्यार्थी आशिष ढकालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन नविन गौतम र शोभा घिमिरेले गरेका थिए ।  

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology