Logo बिहिवार, आश्विन १ गते २०८३
images

गुल्मीमा यसबर्षकाे तिहारमा देउसीभैलो खेल्न नपाइने

गुल्मीमा यसबर्षकाे तिहारमा देउसीभैलो खेल्न नपाइने

  • 1.7K
    SHARES

  • गुल्मीमा यसबर्षकाे तिहारमा देउसीभैलो खेल्न नपाइने

    बुटवल,कात्तिक२८-

    गुल्मीमा देउसीभैलो खेल्नका लागि स्थानीय प्रशासनले रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै देउसीभैलो खेल्न रोक लगाएको हो ।

    जिल्लामा कारोना संक्रमणको दर बढीरहेकाले चाडपर्व मनाउँदा जो जहाँ छ, त्यहीँ मनाउनका लागि आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए ।

    चाडपर्वको समयमा मानिसहरुको आवतजावत र चहलपहल बढ्न जाँदा संक्रमण झनै फैलन सक्ने भएकाले तिहारको समयमा समूहमा खेलिने देउसीभैलो जस्ता नाचगान नगर्न र नगराउन प्रशासनले आग्रह गरेको छ ।

    जुवातास खेल्ने र खेलाउने, मदिराको बेचबिखन र सेवन नगर्न समेत सूचनामा उल्लेख गरिएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology