Logo मंगलवार, श्रावण १२ गते २०८३
images

महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४ औं जन्म जयन्तीमा विविध कार्यक्रम

महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४ औं जन्म जयन्तीमा विविध कार्यक्रम

  • 2.9K
    SHARES

  • महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४ औं जन्म जयन्तीमा विविध कार्यक्रम

    भैरहवा, कात्तिक २७ ।

    नेपाली साहित्यका महाकवि लक्ष्मी प्रसाद देवकोटाको ११४ औं जन्म जयन्ती विविध कार्यक्रम गरी मनाइएको छ । जन्मजन्तीको अवसरमा भैरहवामा रहेको सिद्धार्थ साहित्य परिषद्ले पनि स्रष्टा सम्मान तथा साहित्यिक रचना वाचन कार्यक्रम गरेको छ ।

    आफ्ना कालजयी कृति मार्फत् नेपाली साहित्यमा पु¥याएको योगदानलाई स्मरण गर्दै हरेक वर्षको नेपालसँगै भारतको दार्जिलिङ र सिक्किममा पनि देवकोटा जयन्ति मनाइन्छ । तत्कालीन राणा शासनमा सर्वसाधारणलाई अध्ययन गर्न दिनुपर्ने भन्दै अभियान चलाउने देवकोटा लाईब्रेरी काण्डका समेत एक प्रमुख सदस्य रहेकोले नेपाली साहित्यमा महत्वपूण योगदान रहेको साहित्यकार हरिप्रसाद भण्डारी बताए ।

    विज्ञान विषयमा प्रमाणपत्र अध्ययन पूरा गरेपछि मानविकी सङ्कायमा सरेर अंग्रेजीमा स्नातकोत्तर अध्ययन गरेका उनीलाई चर्चित भने नेपाली साहित्यले गराएको भन्दै नेपाली साहित्यमा नयाँ प्रयोगसँगै एक मूर्धन्य साहित्यकारको छवि देवकोटाले बताएको परिषद्का अध्यक्ष डिल्लीराज भट्टराईले बताए । परिषद्को आयोजनामा भएको कार्यक्रमबाट साहित्यकार मीनपद्म गौचन स्मृति पुरस्कारबाट डी आर शर्मा, के एस गुरुङ साहित्यिक पुरस्कारबाट उमेश थापा लाटोमगर पुरस्कृति भएका थिए ।

    नेपाली साहित्यमा स्वच्छन्दतावादी धाराको सुरुवातकर्ता देवकोटा राण शासनको समयमा जनताले समेत अध्ययन गर्न पाउनुपर्ने क्रान्ति गरेबापत पटक पटक जेल समेत परेका थिए । देवकोटा २०१५ सालमा गठित पहिलो जनप्रतिनिधिमूलक सरकारको शिक्षा मन्त्री पनि बनेका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology