Logo बिहिवार, आश्विन १ गते २०८३
images

पाल्पामा निर्वाचनमा खटिएका ४ सय ९६ कर्मचारीलाई प्रशिक्षण 

पाल्पामा निर्वाचनमा खटिएका ४ सय ९६ कर्मचारीलाई प्रशिक्षण 

  • 1.4K
    SHARES

  • पाल्पामा निर्वाचनमा खटिएका ४ सय ९६ कर्मचारीलाई प्रशिक्षण 

    पाल्पा, कार्तिक २७ ।

    पाल्पामा प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटाइएका मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई शुक्रबार र शनिबार प्रशिक्षण दिइएको छ । जिल्ला निर्वाचन कार्यालय र मुख्य निर्वाचन अधिकृतको कार्यालयले उनीहरुलाई तालिम दिएको हो । 
    प्रतिनिधिसभामा दुई र प्रदेशसभा चार निर्वाचन क्षेत्र रहेको पाल्पामा १ सय १८ मतदान केन्द्रका २ सय ४६ मतदानस्थलमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई मत खसाल्नेदेखि हुलदंगा भएमा के गर्नेसम्मको प्रशिक्षण दिइएको जिल्ला निर्वाचन अधिकारी रुक्मांगत अर्यालले जानकारी दिए ।

    निर्वाचन आयोगको समन्वयमा ४ सय ९६ कर्मचारीलाई सुरक्षित वातावरणमा मतदान प्रक्रिया सम्पन्न गर्ने गरी तालिम दिएको अर्यालले जानकारी दिए ।

    प्रशिक्षणमा प्रत्यक्षतर्फका र समानुपातिक उम्मेदवारका लागि मत राख्ने तरिका, भीड नियन्त्रण, मसी लगाउने, नाम रुजु गर्ने, दोहो¥याएर मत हाल्न आएमा अपनाउनुपर्ने तरिका, मतदाताले गोप्य रुपमा मतदान गर्न पाउने आङ्खनो अधिकारलाई सुरक्षित ढंगले प्रयोग गर्नेबारे प्रशिक्षित गराएको जिल्ला निर्वाचन अधिकारी रुक्मांगत अर्यालले जानकारी दिए । निर्वाचनमा २ हजार ९ सय ५५ बढी कर्मचारी खटिने छन् । पाल्पामा १ लाख ३ हजार १ सय १८ महिला र ९८ हजार २ सय ८ पुरुष गरी २ लाख १ हजार ३ सय २६ मतदाता रहेका छन् ।

    तालिमका अवसरमा मुख्य निर्वाचन अधिकृत कमल राज विष्ट, निर्वाचन अधिकृतको कार्यालय क्षेत्र १ का निर्वाचन अधिकृत गोपाल प्रसाद ढकाल, प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्त, जिल्ला निर्वाचन अधिकारी रुक्मांगत अर्याल, जिल्ला समन्वय प्रमुख जनार्दन अधिकारी लगायतले सहजीकरण गरेका थिए ।

    तालिम समापनसंगै मतदान अधिकृत र सहायक मतदान अधिकृत लगायत अन्य कर्मचारीलाई नियुक्तिपत्रसमेत दिइएको छ । मंसिर १ गते सबै मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, कर्मचारी र सुरक्षाकर्मी खट्नेछन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology