बुटवल,कार्तिक २६ ।
बुटवलमा संयुक्त रूपमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कामना सेवा विकास बैंकले आफ्नो १६ ओैं वार्षिक उत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत “रक्तदान जीवन दान” भन्ने मूलमन्त्रलाई आत्मसाथ गर्दै बुटवलमा रहेको नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीको सहकार्य तथा रक्तसञ्चार सेवा केन्द्रसँगको सहजीकरणमा कार्यक्रम भएको हाे ।
कार्यक्रममा बैंकका सञ्चालक समिति सदस्य भिम प्रसाद तुलाचनको प्रमुख आतिथ्यता, नेपाल स्वयंसेवि रकत्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्रीको अध्यक्षता, नेपाल स्वयंसेवि रक्तदाता समाज रुपन्देहीका सदस्य भगवती अर्यालको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बैंकका क्षेत्रिय प्रबन्धक मोहन दत्त खनालले कार्यक्रम संचालन गर्नु भएको थियो । कार्यक्रममा स्थानिय ब्यक्तित्व , नियमित रक्तदाता साथै बैंकका कर्मचारी हरुको उल्लेख्य उपस्थिती रहेको थियो ।
सामाजिक उत्तरदायित्व अन्तर्गत बैंक ले गर्दै आएको सप्ताहा ब्यापी कार्यक्रम को विषयमा प्रकाश पार्दै कार्यक्रम का प्रमुख अतिथि तुलाचनले बैंकले आगामी दिनमा पनि यस्तै सामाजिक कार्य गर्ने बताउनुभयो ।
त्यस्तै कार्यक्रमका अध्यक्षले रक्तदाता किन गर्नु पर्छ र कस्तो व्यत्तिले रक्तदान गर्न सक्छ जस्ता प्राविधिक तथा संस्थाको इतिहास बारेमा समेत प्रकाश पार्दै नियमित रक्तदान गर्नुपर्नेमा जोड दिनुभएको थियो ।उक्त कार्यक्रम मा ९० युनिट ब्लड संकलन भएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)