Logo बिहिवार, आश्विन १ गते २०८३
images

गुल्मीमा जीप दुर्घटना : एक जनाको मृत्यु,७ घाइते

गुल्मीमा जीप दुर्घटना : एक जनाको मृत्यु,७ घाइते

  • 2.6K
    SHARES

  • गुल्मीमा जीप दुर्घटना : एक जनाको मृत्यु,७ घाइते

    गुल्मी,कात्तिक२८-

    गुल्मीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।

    गुल्मीदरबार गाउँपालिका वडा नम्बर–२ मजुवाबाट हटियातर्फ जाँदै गरेको लु १ च ४७११ नम्बरको जीप दुर्घटना हुँदा चालक खेम गाहामगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक प्रविणलाल श्रेष्ठले जानकारी दिए ।

    जीप सडकबाट करिब ३ सय मिटर तल खसेको छ ।

    दुर्घटनामा घाइते भएकाहरुमध्ये ३ जनाको अवस्था गम्भीर छ । अन्य २ जना मध्यम र २ जना सामान्य घाइते छन् । घाइतेहरुको स्थानीय मेडिकलमा सामान्य उपचारपछि थप उपचारको लागि पाल्पा पठाइएको प्रहरीले जनाएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology