Logo बिहिवार, आश्विन १ गते २०८३
images

ऐतिहासिक उपाधि जित्ने फुटबल टिमलाई प्रधानमन्त्री देउवाको बधाई

ऐतिहासिक उपाधि जित्ने फुटबल टिमलाई प्रधानमन्त्री देउवाको बधाई

  • 1.7K
    SHARES

  • ऐतिहासिक उपाधि जित्ने फुटबल टिमलाई प्रधानमन्त्री देउवाको बधाई

    काठमाडौं, कात्तिक २६ ।

    प्रधानमन्त्री शेरबहादुर देउवाले यू–१५ महिला साफ च्याम्पियनसिप उपाधि उचाल्ने नेपाली टिमलाइ बधाई दिनुभएको छ । बङ्गलादेशमा भएको  फुटबल प्रतियोगिताको उपाधि जित्ने नेपाली टिमलाई शुक्रबार ट्वीटरमार्फत् बधाई दिनुभएको हो । 

    बधाई तथा शुभकामना दिनुहुँदै प्रधानमन्त्री देउवाले ट्वीटमा लेख्नुभएको छ, ‘‘साफ यू १५ महिला च्याम्पियनसिपको ऐतिहासिक उपाधि जित्न सफल भएकोमा नेपाली फुटबल टिमलाई हार्दिक बधाई  तथा शुभ कामना व्यक्त गर्छु।’’

    बङ्गलादेशको ढाकामा शुक्रबार भएको डबल राउन्ड रोबिन लिगको अन्तिम खेलमा नेपालले बङ्गलादेशसँग १–१ गोलको बराबरी खेल्दै च्याम्पियन बनेको हो ।

    साफ च्याम्पियनशिप फुटबलको उपाधि नेपालले जित्यो :

    बङ्गलादेशमा आयोजना भएको यू–१५ महिला साफ च्याम्पियनशिप फुटबल प्रतियोगिताको उपाधि नेपालले जितेको छ ।

    बङ्गलादेशको ढाकामा शुक्रबार भएको डबल राउन्ड रोबिन लिगको अन्तिम खेलमा नेपालले बङ्गलादेशसँग १–१ गोलको बराबरी खेल्दै च्याम्पियन बनेको हो ।

    खेलमा सुरुआती अग्रता नेपालले बनाएको थियो । खेलको १४औँ मिनेटमा सुशिला केसीले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । तर खेलको ५४औँ मिनेटमा बङ्गलादेशकी खेलाडी रुमाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याइन् ।

    त्यसपछि खेलको ८९औँ मिनेटमा बङ्गलादेशले पेनाल्टी प्राप्त गरेको थियो । तर बङ्गलादेशकी बिबी रीताको पेनाल्टी प्रहार नेपालकी गोलकिपर सुजाता तामाङले उत्कृष्ट बचाउ गरिन् ।

    त्यसपछि थप गोल भएन र खेल बराबरीमा सकिँदा नेपाल च्याम्पियन बनेको हो । नेपाल शीर्षस्थानमा रहँदै उपाधि उचाल्न सफल भयो । त्यस्तै यस बराबरीसँगै नेपालले चार खेलमा अपराजित रहँदै १० अङ्क जोड्यो  ।

    समान चार खेल खेलेको बङ्गलादेशले सात अङ्क जोडेर उपविजेता बन्यो । भूटान अङ्कविहीन रहँदै घर फर्कियो । प्रतियोगितामा नेपाल, भूटान र बङ्गलादेशको सहभागिता रहेको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology