Logo मंगलवार, श्रावण १२ गते २०८३
images

‘निर्वाचन सफल बनाउन आचारसंहिता कार्यान्वयनमा सहकार्य जरुरी’

‘निर्वाचन सफल बनाउन आचारसंहिता कार्यान्वयनमा सहकार्य जरुरी’

  • 2.0K
    SHARES

  • ‘निर्वाचन सफल बनाउन आचारसंहिता कार्यान्वयनमा सहकार्य जरुरी’

    बुटवल,कार्तिक २५ ।
    आसन्न ४ मंसिरमा हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन सफल बनाउनका लागि निर्वाचन आचारसंहिता कार्यान्वयनको पाटो महत्वपूर्ण रहने सरोेकारवालाले जोड दिएका छन् ।

    नेपाल कानुन समाज र निर्वाचन आयोगको संयुक्त आयोजनामा भएको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन र सरोकारवालाहरुको भूमिका विषयक बुटवलमा भएको अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले निर्वाचन निश्पक्ष, सुुरक्षित तथा धाँधलीरहित बनाउनको लागि निर्वाचन आचारसंहिता कढाइका साथ कार्यान्वयन गर्नुपर्ने भएकोले सबैको सहकार्य आवश्यक रहेको औंल्याइएको छ ।

    निर्वाचन आयोगका निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले अघिल्ला निर्वाचनमा देखिएका कमि कमजोरीलाई हटाउँदै निस्पक्ष निर्वाचन गराउने प्रतिबद्धता ब्यक्त गर्नुभयो । उहाँले निर्वाचन आचारसंहितालाई क्रमिक रुपमा सुधार हुँदै आएको बताउनुभयो ।
    थप आवश्यक सुधारका कुराहरु पनि आगामी दिनमा पनि सुधार गर्दै जाने बताउदै सुझाबहरु दिइराख्न आग्रह गर्नुभयो । आचारसंहिता उल्लंघन गरेको पाईएमा उम्मेदवारी नै खारेज गर्न सकिने उहाँले चेतावनी दिनुभयो ।चुनावको आवश्यक सुरक्षा तथा अन्य तयारी अवस्थामा रहेको बताउदै आयोगको कमजोरी भएमा र उम्मेदवारले आचारसंहिता उल्लंघन गरेमा पुर्ण विवरण सहितको उजुरी दिन आग्रह गर्नुभयो ।

    ‘आयोगलाइ आचारसंहिता पालना गराउन नसक्ने गरेको आरोप लाग्ने भएकोले यो पटक झनै कडाई गरेका छौं,तपाइको क्षेत्रमा आचारसंहिता कार्यान्वयन गराउन सबैले सहकार्य गर्नुहोस्  र निर्वाचन सफल बनाउन भूमिका खेल्नुहोस् ।’ उहाँले भन्नुभयो ।
    रुपन्देहीका मुख्य निर्वाचन अधिकृत कृष्णराम कोईरालाले निर्वाचन मर्यादित बनाउन आचारसंहिता पालना गर्नुपर्ने भन्दै मतदान सामाग्रीको बितरणको कामहरू भईरहेको जानकारी दिनुभयो । निर्वाचनको अन्तिम चरणमा रहेको बताउदै निश्पक्ष, स्वतन्त्र र धाँधलीरहित बनाउने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

    तयारी पूरा,४ दिन नेपाल भारत सिमानाका बन्द :

    कार्यक्रममा बोल्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जिल्लामा ६ लाख बढी मतदाता रहेको बताउदै ६ हजार भन्दा बढी कर्मचारी तथा सुुरक्षाको ब्यवस्थापन मिलाईएको जानकारी दिनुभयो । मंसिर  १ देखि ४ गते मध्यरातसम्म ४ दिन नेपाल भारत सिमानाका बन्द (शील) गर्ने तथा आचारसंहिता अनुगमन समिती बनाएर कामहरु गरिरहेको उहाको भनाइ छ ।
    प्रधानमन्त्री कार्यालयका सचिव धनराज ज्ञवालीले निर्वाचन आचारसंहिताका प्रमुख विषयहरु सरोकारवालाहरुको भूमिका र निर्वाचन आयोगका उपसचिव लक्ष्मी शर्माले संघ र प्रदेश सदस्यको निर्वाचन खर्च र प्रचार–प्रसार विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । 
    सो अवसरमा कानुन समाज नेपालका बरिस्ठ कार्यक्रम अधिकृत गणेशमान प्रधान, समाज बुटवल प्रमुख हेमा न्यौपाने,विभिन्न राजनीतिक दलका प्रतिनिधि, नागरिक समाजका प्रतिनिधि ,पत्रकार लगायतले धारणा सहित सुझावहरु पेश गर्नुभएको थियो । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology