बुटवल,कार्तिक २७-
बुटबलकै पुरानो स्नुकर हाउस रूपमा रहेको सेभेन-एलावेन स्नुकर हाउस एण्ड गेम प्वाईन्ट थप सुबिधा सहित पुनः सन्चालनमा आएको छ ।
देबिनगरमा आफनै भबनमा सन्चालन हुन लागेको स्नुकरको बिहीबार एक कार्यक्रमका बिच उदघाट्न गरिएको छ ।स्नूकर खेलाडीहरू उत्पादन गर्न सकिने भन्दै २०५४ सालमा बुटबलमै पहिलो स्नुकर हाउस रूपमा स्थापना भएको हो ।
युवाहरूलाई अनुसासीत बनाउन भन्दै स्नुकर हाउस स्थापना गरेको स्नुकरका पुराना खेलाडी तथा सन्चालक राजु गुरूडले बताए ।नेपाल बिलीयस तथा स्नुकर संघका केन्द्रीय सदस्य हरि क्षेत्रीले खेललाइ अनुशासित बनाउन आग्रह गर्दै खेलाडी उत्पादन गरेर देश बिदेशमा खेल मार्फत नाम कमाउन सकिने उनले बताए ।
जिल्ला अध्यक्ष गजेन्द्रमान श्रेष्ठले कोरोनाका कारण स्नुकर खेल प्रतियोगीता गराउन नसकदा यसको मार खेलाडीलाई परेको बताए ।कार्यक्रममा बरीष्ठ सल्लाकार संन्जय ब्रजाचार्य , जिल्ला उपाध्यक्ष सुजन पुन, शिबु राना लगायतले सफलताको शुुभकामना दिएका थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)