Logo मंगलवार, श्रावण १२ गते २०८३
images

भूकम्प : उद्धार, राहत र बासको व्यवस्था मिलाउन गृहमन्त्री खाँणको निर्देशन

भूकम्प : उद्धार, राहत र बासको व्यवस्था मिलाउन गृहमन्त्री खाँणको निर्देशन

  • 1.6K
    SHARES

  • भूकम्प : उद्धार, राहत र बासको व्यवस्था मिलाउन गृहमन्त्री खाँणको निर्देशन

    बुटवल,कात्तिक २३ ।

    गृहमन्त्री बालकृष्ण खाँणले डोटीको भूकम्पमा परी घाइते भएकाहरुको यथाशीघ्र उपचारको व्यवस्था गर्न र घर भत्किएकाहरुलाई बासको व्यवस्था मिलाउन गृह प्रशासनलाई निर्देशन दिएका छन् ।

    उनले घाइतेको उपचारका लागि हेलिकोप्टरको व्यवस्था गर्नु पर्ने भएमा पनि तत्काल गर्न गृह प्रशासनलाई भनेका छन् । गृहसचिव विनोदप्रकाश सिंह, मन्त्रालयका सुरक्षा समन्वय महाशाखा प्रमुख सहसचिव फणिन्द्रमणि पोखरेल र विपद् महाशाखा तथा सुरक्षा निकायलाई तत्काल घाइतेको उद्धार तथा उपचारको प्रभावकारी व्यवस्था गर्न मन्त्री खाँणले निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।

    गृहमन्त्री खाँणले घाइतेहरुको अवस्था र अहिले उनीहरुलाई तत्कालका लागि गरिएको अवस्थाबारे पनि मन्त्री खाँणले जानकारी लिएका छन् । उनले भूकम्पमा परेर प्रभावित भएकाहरुलाई राहतको तत्काल व्यवस्था गर्दै उचित स्थानमा बासस्थानको व्यवस्था गर्न पनि भनेका छन् ।

    गएराति डोटीको पूर्वीचौकी गाँउपालिका वडा नं ३ गैरागाउँमा केन्द्रबिन्दु बनाइ गएको भूकम्पमा परेर अहिलेसम्म ६ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । उनले उनले घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै मृतक परिवारमा समवेदना व्यक्त गरेका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology