Logo मंगलवार, श्रावण १२ गते २०८३
images

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४ हजार ३४२,बिहिबार थपिए १९१३ जना

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४ हजार ३४२,बिहिबार थपिए १९१३ जना

  • 2.1K
    SHARES

  • नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४ हजार ३४२,बिहिबार थपिए १९१३ जना

    बुटवल,कार्तिक २७-

    पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ९१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ९१३ जनालाई कोरोना पुष्टि भएको हो ।  

    आज थपिएकासँगै नेपालमा संक्रमितको संख्या २ लाख ४ हजार ३४२ पुगेको छ । यसैगरी २३४९ संक्रमित कोरोनामुक्त भएका छन् । कोरोना निको हुनेसँख्या १ लाख ६४ हजार ५९२ पुगेको छ । यस्तै २४ घण्टामा थप १५ संक्रमितको मृत्यु भएको छ ।

    नेपालमा कोरोना संक्रमितको मृत्यु हुनेको संख्या १ हजार १८९ पुगेको छ । हाल सक्रिय संख्या संक्रमितको ३८ हजार ४६१ संक्रमित छन् भने ९७४ जना क्वारेन्टिनमा छन् । 

    १५ जना कोरोना संक्रमितको मृत्यु :

    पछिल्लो २४ घण्टामा नेपालमा १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै संक्रमितको मृत्यु हुनेको संख्या १ हजार १८९ पुगेको छ । 
    यस्तै आज देशभर थप १ हजार ९१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ९१३ जनालाई कोरोना पुष्टि भएको हो ।  

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology