Logo बिहिवार, आश्विन १ गते २०८३
images

घनश्याम भुसालको प्रतिबद्धतापत्र : ‘बुद्ध मावली देवदहलाइ विश्व सम्पदा सूचिमा सुचिकृत गर्न पहल गर्छु ’

घनश्याम भुसालको प्रतिबद्धतापत्र : ‘बुद्ध मावली देवदहलाइ विश्व सम्पदा सूचिमा सुचिकृत गर्न पहल गर्छु ’

  • 1.8K
    SHARES

  • घनश्याम भुसालको प्रतिबद्धतापत्र : ‘बुद्ध मावली देवदहलाइ विश्व सम्पदा सूचिमा सुचिकृत गर्न पहल गर्छु ’

    बुटवल,कार्तिक २१ । 

    रुपन्देहीलाई पर्यटकीय र आर्थिक विकासको केन्द्रबिन्दु बनाउने योजना सहित स्वतन्त्र वाम उम्मेदवार घनश्याम भुसालले रुपन्देही १ का लागि  प्रतिबद्धतापत्र सर्बजनिक गर्नुभएको छ । देवदह क्षेत्रको पर्यटकीय विकास र लुम्बिनी बौद्ध विश्वविद्यालय संचालनमा बिशेष जोड दिइएको छ ।

    ‘देवदहको विकास भनेको रुपन्देही १ र रुपन्देही जिल्लाकोमात्र विकास नभएर राष्ट्रकै बिकाससँग जोडिएको छ’भुसालले प्रतिबद्धतापत्र सार्वजनिक गर्दै भन्नुभयोे,‘देवदहलाई लुम्बिनी र भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसँग जोडेर पर्यटकीय र आर्थिक विकासलाई पछ्याउने गरि प्रतिबद्धतापत्र तयार पारिएको छ ।’

    भुसालका अनुसार, देवदह बुद्धको मावलीस्थल भएको प्रमाणित भए पनि बैज्ञानिक रुपमा पुष्टि गरि युनेस्को मार्फत् विश्व सम्पदा सूचिमा सुचिकृत गर्न जरुरी छ । ‘सूचिकृतका लागि बिशेष पहल गरिने छ’, उहाको भनाइ छ  । रुपन्देही १ निर्बाचन क्षेत्रमा उत्तरी क्षेत्रको तुलनामा दक्षिणी क्षेत्रमा शिक्षा, स्वास्थ्य लगायतका पूर्वाधार कम भएकाले समानुपातिक ढंगले विकास निर्माणका योजना संचालन गरिने भुसालले बताउनुभयो ।

    चुनावी प्रतिबद्धता पत्रमा शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी तथा सरसफाई, पर्यटन, भूमि व्यवस्था, युवा स्वरोजगार तथा खेलकुद, भौतिक पूर्वाधार तथा सडक, विद्युत, सञ्चार, पुल तथा कलभर्ट, बाढी नियन्त्रण तथा तटबन्धन, औद्योगक तथा व्यवसायिक पूर्वाधार, शान्ति सुरक्षा, प्राकृतिक श्रोत साधन लगायतका विषयलाई समेटिएका छन् ।रुपन्देही–१ मा प्रतिनिधि सभातर्फ स्वतन्त्र वाम उम्मेदवार भुसाल तथा प्रदेश १ (१) मा कांग्रेसका विश्वनाथ यादव र १(२) मा काँग्रेसकै अब्दुल रज्जाक उम्मेदवार हुनुहुन्छ ।

    रुपन्देही १ मा समानुपातिक ढंगले बिकास गर्दै पाँच वर्ष भित्रमा विकासका पूर्वाधारहरुको निर्माण गरि दश वर्षभित्रमा रुपन्देही १ ले अलग्गै पहिचान दिन सक्ने क्षेत्रको रुपमा परिणत गर्ने प्रतिबद्धता जनाउनुभएको हो ।ghaba.jpg

    प्रतिबद्धतापत्रमा रुपन्देही १ मा बिशेषगरि सिंचाई, कृषि, तटबन्धन, शिक्षा, स्वास्थ्य लगायत आर्थिक विकास र भौतिक पूर्वाधार विकासमा विशेष जोड दिइएको छ । कृषि उत्पादनमा बृद्धि गरि उत्पादित कृषि उपजलाई गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट खाडी लगायतका मुलुकमा निर्यात गरेर आर्थिक उन्नती गर्नमा पहल गरिने उनले बताए । ‘दश बर्ष भित्रमा रुपन्देही १ बिकसित क्षेत्र हो भनेर चिनाउन सक्ने गरि यो प्रतिबद्धतापत्र तयार पारिएको हो , उहाँको भनाइ छ ।

    स्वस्थ्यतर्फ पालिकास्तरीय अस्पताल निर्माण गर्ने र प्रत्येक वडामा स्वास्थ्यचौकी बनाउने भनिएको छ । प्रतिवद्धतापत्रमा अव्यवस्थित बसोबासी र भूमिहीनहरुको समस्या सधैंका लागि अन्त्य गर्ने भनिएको छ । सुरु भएका सडक निर्माण सक्ने, स्तरोन्नति गर्ने र देवदहलाई उच्चस्तरीय एवम् आधुनिक सडक सञ्जालबाट जोड्ने, हरेक वडामा बाल उद्यान र ज्येष्ठ नागरिक मिलन केन्द्र बनाउने उल्लेख छ ।

    युवालाई सीपमूलक तालिम दिने, सीप सिकेका युवाहरूलाई रोजगारीमा जोड्ने भनिएको छ । निर्वाचन क्षेत्र भित्र औद्योगिक क्षेत्र र देवदह मण्डप बनाउने भनिएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology