Logo बिहिवार, आश्विन १ गते २०८३
images

मतदाताका गुनासा सुन्दै घरघरमा पुगे रुपन्देही २ मा गठवन्धनका साझा उम्मेदवार

मतदाताका गुनासा सुन्दै घरघरमा पुगे रुपन्देही २ मा गठवन्धनका साझा उम्मेदवार

  • 1.8K
    SHARES

  • मतदाताका गुनासा सुन्दै घरघरमा पुगे रुपन्देही २ मा गठवन्धनका साझा उम्मेदवार

    बुटवल,कार्तिक २१ । 

    रुपन्देही निर्वाचन क्षेत्र नं २ का वाम लोकतान्त्रिक गठवन्धनका साझा उम्मेदवारहरु सोमवार पनि घरदैलोमा व्यस्त भएका छन । उहांहरु विहानैदेखि आ आफ्नो निर्वाचन क्षेत्रमा घरदैलोमा खटिनु भयो । प्रतिनिनिधि सभा सदस्य पदका उम्मेदवार केशव बहादुर थापा (सुर्यवंशी) तिलोत्तमा नगरपालिका ४ डिङगरनगर र  बुटवल ३ का विभिन्न वडामा घरदैलो गरि मतदातासंग भोट माग्नुभएको छ ।

    बुटवल –३ को ज्योतिनगर, चिडियाखोला र गोलपार्क क्षेत्रमा घरदैलो कार्यक्रम सम्पन्न गरिएको प्रचार प्रसार समितिले जनाएको छ । ज्योतिनगरका पहिरो प्रभावितहरुले पहिरोको नियन्त्रणको लागि दिर्घकालिन योजना बनाउन आग्रह गर्नुभएको थियो । प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार थापा र प्रदेश सभा सदस्य पदका उम्मेदवार वामदेव क्षेत्रीले पहिरो प्रभावितहरुको समस्या समाधान गठवन्धन सरकारले मात्र गर्न सक्ने बताउनु हुदै चुनावमा मात्र होईन अन्य समयमा पनि साथसंगै रहेको बताउनु भएको थियो ।  

    प्रदेश सभा सदस्य पदका उम्मेदवार क्षेत्रीले पहिरो नियन्त्रण गरि जनताको जिउधनको शुरक्षाको लागि स्थानीय, प्रदेश र संघीयसरकारसंग समन्वय गरि काम भईरहेकाले विश्वस्त रहन आग्रह गर्नुभयो । गठवन्धनका साझा उम्मेदवारहरुलाई जिताउन आग्रह गर्नुहुदै उहांहरुले आफुहरु नै जनताको सच्चा प्रतिनिधि बन्ने विश्वास दिलाउनु भयो ।

     त्यसैगरी प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार थापा, निर्वाचन क्षेत्र नं २(१) प्रदेश सभा सदस्य पदका उम्मेदवार दीर्घबहादुर केसी कुमारले संयुक्त रुपमा घरदैलो कार्यक्रम गर्नुभएको थियो ।

    तिलोत्तमा ४ डिङगरनगर, सिमानगर, सुनौलोनगर श्रृजना नगर लगायतका स्थानमा घरदैलो कार्यक्रम सम्पन्न गर्नुभएको प्रदेश १ नं क्षेत्रका प्रचार प्रसार संयोजक खड्ग बहादुर महतले जानकारी दिनुभयो । घरदैलो पश्चात डईभर टोलमा आयोजित कोण सभामा प्रदेश सभा सदस्य पदका उम्मेदवार केसीले जनज्योति युवा क्लवको खेल मैदानलाई राष्ट्यि स्तरको रंगशालामा स्तरोन्नती गर्ने, अस्त व्यस्त रहेका सडकहरुको ढल नालि सहित स्तरोन्नती गर्ने प्रतिवद्धता जनाउनु भएको थियो ।

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology