Logo मंगलवार, श्रावण १२ गते २०८३
images

२० प्रहरीसहित गण्डकी प्रदेशमा थप ३५ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या २ हजार २४५ पुग्याे

२० प्रहरीसहित गण्डकी प्रदेशमा थप ३५ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या २ हजार २४५ पुग्याे

  • 2.7K
    SHARES

  • २० प्रहरीसहित गण्डकी प्रदेशमा थप ३५ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या २ हजार २४५  पुग्याे

    पोखरा, भदौ १७-

    गण्डकी प्रदेशमा थप ३५ जनामा संक्रमण पुष्टि भएको छ । तनहुँ, कास्की, लमजुङ र नवलपरासीमा थप संक्रमित भेटिएको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

    कास्कीमा २३ जना, नवलपुरमा ७ जना, लमजुङमा ४ जना र तनहुँमा १ जनामा संक्रमण पुष्टि भएको छ । कास्कीमा संक्रमण पुष्टि हुनेमा २० जना प्रहरी रहेका छन् ।

    त्यसैगरि तनुहँका संक्रमित पोखरा पार्कल्याण्ड हस्पिटमा कार्यरत स्टाफनर्स रहेको निर्देशनालयले जानकारी दिएको छ । लमजुङ सुन्दरबजारका ५० बर्षीय पुरुष ओमनबाट आएको र सुन्दरबजार १ की ४९ बर्षीय महिला स्थानीय किराना पसल संचालक हुन् ।

    बुधवार निर्देशनालयले सार्वजनिक गरेको तथ्याङक अनुसार गण्डकीमा संक्रमितको संख्या २ हजार २४५ पुगको छ ।   मंगलबार प्रदेशमा ४४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

    data.png

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology